घट्यो सेयर बजार 

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक ९ दशमलव १४ अङ्कले घटेर २६७९ दशमलव ४१ को विन्दुमा पुगेको छ । आइतबार ३१४ कम्पनीका ७० हजार ६१० पटकको कारोबारमा एक करोड ८५ लाख ५ हजार ७७१ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ७ […]

May 25, 2025 - 11:02
 0
घट्यो सेयर बजार 

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक ९ दशमलव १४ अङ्कले घटेर २६७९ दशमलव ४१ को विन्दुमा पुगेको छ ।

आइतबार ३१४ कम्पनीका ७० हजार ६१० पटकको कारोबारमा एक करोड ८५ लाख ५ हजार ७७१ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ७ अर्ब ६० करोड ९५ लाख ४२ हजार २१२ रुपैयाँ रहेको छ ।

९९ कम्पनीको सेयर मूल्य बढ्दा १४८ कम्पनीको घटेको छ भने एक कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये २ वटा बढ्दा अन्य राताम्मे छन् । आज ओम मेगाश्री फर्माक्यूटीकल्सको सेयर मूल्य १० प्रतिशतले बढ्दा राधी विद्युत्‌मा लगानीकर्ता झुम्मिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register