रविको मुद्दामा ‘आदेश’ को सट्टा ‘फैसला’ लेखियो, संशोधन गर्दै सर्वोच्च

काठमाडौं । रास्वपा सभापति  रवि लामिछानेको मुद्दामा न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले ‘आदेश’को सट्टा ‘फैसला’ लेखेपछि संशोधनका लागि पेसी तोकिएको छ । शुक्रबार सुवेदी र ढकालको इजलासले गरेको आदेशको त्रुटि सच्याउन आइतबार उनीहरूकै इजलासमा पेसी तोकिएको हो । आदेश हुनुपर्नेमा फैसला लेखिएकाले सर्वोच्च प्रशासनको प्रतिवेदनको आधारमा सच्याउनका लागि पेसी तोकिएको सर्वोच्च अदालतका सूचना […]

May 25, 2025 - 08:23
 0
रविको मुद्दामा ‘आदेश’ को सट्टा ‘फैसला’ लेखियो, संशोधन गर्दै सर्वोच्च
काठमाडौं । रास्वपा सभापति  रवि लामिछानेको मुद्दामा न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले ‘आदेश’को सट्टा ‘फैसला’ लेखेपछि संशोधनका लागि पेसी तोकिएको छ ।
शुक्रबार सुवेदी र ढकालको इजलासले गरेको आदेशको त्रुटि सच्याउन आइतबार उनीहरूकै इजलासमा पेसी तोकिएको हो ।
आदेश हुनुपर्नेमा फैसला लेखिएकाले सर्वोच्च प्रशासनको प्रतिवेदनको आधारमा सच्याउनका लागि पेसी तोकिएको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले बताए ।
लामिछानेलाई पुर्पक्षमा जेल चलान गर्ने उच्च अदालतको आदेशलाई सर्वोच्चले शुक्रबार सदर गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register