दमकबाट लागुऔषधसहित दुई जना पक्राउ

दमक, ११ जेठ । गएराति दमकबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरिएको छ । दमक नगरपालिका–३ बेलडाँगीमा लागुऔषध बिक्री वितरण भइरहेको छ भन्ने गोप्य सूचानाको आधारमा प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरी टोलीले सोही स्थानको सेक्टर नं. सी ३ हट नं. ३३८ का ४० वर्षीय सन्बिर तामाङको घरमा गएर खानतलासी गर्दा सन्बिर तामाङको साथबाट लागुऔषध खैरो हेरोइन [...] The post दमकबाट लागुऔषधसहित दुई जना पक्राउ appeared first on Jhapa Online.

May 25, 2025 - 08:27
 0
दमकबाट लागुऔषधसहित दुई जना पक्राउ

दमक, ११ जेठ । गएराति दमकबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरिएको छ ।

दमक नगरपालिका–३ बेलडाँगीमा लागुऔषध बिक्री वितरण भइरहेको छ भन्ने गोप्य सूचानाको आधारमा प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरी टोलीले सोही स्थानको सेक्टर नं. सी ३ हट नं. ३३८ का ४० वर्षीय सन्बिर तामाङको घरमा गएर खानतलासी गर्दा सन्बिर तामाङको साथबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ प्लाष्टिकसहित ५३० मिलिग्राम फेला पारेको र सोही घरबाट भाग्दै गरेको अवस्थामा सेक्टर नं. सी ४ हट नं. ५१६ का १९ वर्षीय रोमन गुरुङ समेतलाई नियन्त्रणमा लिई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा ल्याएर राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

The post दमकबाट लागुऔषधसहित दुई जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register