रास्वपालाई राप्रपाको साथ, ज्ञानेन्द्र शाही भन्छन्– गृहमन्त्रीको मात्र होइन प्रधानमन्त्रीको समेत राजीनामा माग्छौं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेठ १३ गते गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै गर्ने संसद् अवरुद्धमा राजसंस्था पक्षधर दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि साथ दिने भएको छ । जेठ १५ गते हुने आन्दोलनको तयारीबारे गोकर्णेश्वरको तारेभीरमा आइतबार आयोजित अगुवा कार्यकर्ताको भेलामा प्रमुख सचेतक शाहीले नेपाल भ्युजसँग कुरा गर्दै भ्रष्टाचारविरुद्ध हुने जुनसुकै आन्दोलनमा साथ […]

May 25, 2025 - 14:26
 0
रास्वपालाई राप्रपाको साथ, ज्ञानेन्द्र शाही भन्छन्– गृहमन्त्रीको मात्र होइन प्रधानमन्त्रीको समेत राजीनामा माग्छौं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेठ १३ गते गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै गर्ने संसद् अवरुद्धमा राजसंस्था पक्षधर दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि साथ दिने भएको छ ।

जेठ १५ गते हुने आन्दोलनको तयारीबारे गोकर्णेश्वरको तारेभीरमा आइतबार आयोजित अगुवा कार्यकर्ताको भेलामा प्रमुख सचेतक शाहीले नेपाल भ्युजसँग कुरा गर्दै भ्रष्टाचारविरुद्ध हुने जुनसुकै आन्दोलनमा साथ हुने बताए ।

‘हामी भ्रष्टाचारमा विरुद्धमा एकजुट छौं । एकजुट भइसकेपछि चाहे जोसुकैलाई होस् हाम्रो साथ रहन्छ,’ उनले भने ।

शाहीले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको मात्र नभएर प्रधानमन्त्री केपी शर्मा ओलीको समेत राजीनामा माग्नुपर्नेमा जोड दिए । थुनामा रहेका व्यक्तिले प्रधानमन्त्रीका स्वकीय सचिवको पनि नाम लिएको प्रशंग कोट्याउँदै शाहीले यसबारे प्रधानमन्त्री ओलीले संसद्मा जवाफ दिनुपर्ने बताए ।

‘भिजिट भिसा प्रकरणबारे हामी पनि १३ गतेको संसद्मा जवाफ माग्छौं । गृहमन्त्री मात्र होइन, प्रधानमन्त्रीको पनि राजीनामा माग्छौं । थुनामा रहेका व्यक्तिले स्वयम् प्रधानमन्त्रीका स्वकीय सचिव राजेश बज्राचार्यले एक करोड रुपैयाँ मागेको भनेर बयान दिएका छन् । प्रधानमन्त्री ओलीले यसको जवाफ पर्सी संसद्मा दिनुपर्छ, उनले भने ।

मंगलबारको संसद् बैठकमा प्रस्तुत हुने विषयबारे पार्टीले बैठक राखेर सामुहिक निर्णय गर्ने प्रमुख सचेतक शाहीले बताए ।

रास्वपाको चेतावनी : १३ गतेको संसद् बैठक सामान्य हुँदैन

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register