लेखा समिति सभापति ऋषिकेशका पूर्वस्वकीय सचिव पोखरेल पक्राउ
काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेल पक्राउ परेका छन् । बिहीबार बिहान जिल्ला प्रहरी कार्यालय, मोरङ नजिकैबाट पक्राउ गरिएको एसपी नारायण चिमोरियाले जानकारी दिए । यसअघि उनीविरुद्ध अदालतले पक्राउ पुर्जी जारी भएको थियो । नेकपा एमालेका मोरङ जिल्ला सदस्यसमेत रहेका अनिलले एबीबीबीएस पढ्न छोरीको नाम निकालिदिने भन्दै सप्तरीको अग्निसाइबर […]

काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेल पक्राउ परेका छन् ।
बिहीबार बिहान जिल्ला प्रहरी कार्यालय, मोरङ नजिकैबाट पक्राउ गरिएको एसपी नारायण चिमोरियाले जानकारी दिए ।
यसअघि उनीविरुद्ध अदालतले पक्राउ पुर्जी जारी भएको थियो ।
नेकपा एमालेका मोरङ जिल्ला सदस्यसमेत रहेका अनिलले एबीबीबीएस पढ्न छोरीको नाम निकालिदिने भन्दै सप्तरीको अग्निसाइबर कृष्णासवरन गाउँपालिका– ५ बकधुवा बस्ने ५७ वर्षीय बौआलाल चौधरीसँग विभिन्न मितिमा ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोप छ ।
What's Your Reaction?






