काङ्ग्रेस पदाधिकारी बैठक बस्दै ,यी हुन् एजेन्डा

काठमाडौं। नेपाली काङ्ग्रेसको पदाधिकारी बैठक आज बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्दैछ। पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा क्रियाशील सदस्यता र समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ । बैठकमा महामन्त्री गगन थापाले क्रियाशील सदस्यता नवीकरणको अवस्थाबारे जानकारी गराउने बताइएको छ । महामन्त्री थापा पार्टीको सदस्यता व्यवस्थापन समितिका संयोजक हुन्। हालै […]

May 26, 2025 - 04:11
 0
काङ्ग्रेस पदाधिकारी बैठक बस्दै ,यी हुन् एजेन्डा

काठमाडौं। नेपाली काङ्ग्रेसको पदाधिकारी बैठक आज बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्दैछ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा क्रियाशील सदस्यता र समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ ।

बैठकमा महामन्त्री गगन थापाले क्रियाशील सदस्यता नवीकरणको अवस्थाबारे जानकारी गराउने बताइएको छ । महामन्त्री थापा पार्टीको सदस्यता व्यवस्थापन समितिका संयोजक हुन्।

हालै गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ परेपछि गृहमन्त्री रमेश लेखकको सचिवालय पनि यस प्रकरणमा मुछिएको भन्दै उनको राजीनामाको माग उठेको छ। सो विषयमा पनि बैठकमा गम्भीर छलफल हुने अपेक्षा गरिएको छ।

केही काङ्ग्रेस नेताहरूले मन्त्री लेखकमाथि प्रश्न उठ्ने बित्तिकै राजीनामा दिएर छानबिनका लागि सहज वातावरण बनाउन सुझाव दिइसकेका छन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register