‘मौद्रिक नीतिको समीक्षामा जे आयो, पोजेटिभ आयो, अब बजारको यात्रा माथि नै हो’- बिमोददेव पन्त

काठमाडौँ । सेयर बजारका प्राविधिक विश्लेषक बिमोददेव पन्तले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सेयर बजारमैत्री आएको बताएका छन् । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाबारे प्रतिक्रिया दिँदै पन्तले यस्तो बताएका हुन् । उनले मौद्रिक नीतिको समीक्षामार्फत भएको सेयर धितो कर्जामा जोखिम भार घटाउने निर्णय बजारका लागि पोजेटिभ भएको बताएका छन् ।  ‘मौद्रिक नीतिको समीक्षामा जे आयो […]

May 26, 2025 - 04:08
 0
‘मौद्रिक नीतिको समीक्षामा जे आयो, पोजेटिभ आयो, अब बजारको यात्रा माथि नै हो’- बिमोददेव पन्त

काठमाडौँ । सेयर बजारका प्राविधिक विश्लेषक बिमोददेव पन्तले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सेयर बजारमैत्री आएको बताएका छन् । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाबारे प्रतिक्रिया दिँदै पन्तले यस्तो बताएका हुन् ।

उनले मौद्रिक नीतिको समीक्षामार्फत भएको सेयर धितो कर्जामा जोखिम भार घटाउने निर्णय बजारका लागि पोजेटिभ भएको बताएका छन् । 

‘मौद्रिक नीतिको समीक्षामा जे आयो पोजेटिभ आयो । सेयर धितो कर्जामा जोखिम भार घटाउने निर्णय बजारका लागि साह्रै पोजेटिभ छ ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै पन्तले भने, ‘अब यसले बैंकहरुको कर्जा प्रवाह गर्ने क्षमता र प्रफिट दुवै बढाउँछ । सेयर कर्जा लिन पनि सहज हुन्छ । समग्रमा यो निर्णय बजारका लागि धेरै राम्रो हो ।’

त्यस्तै, पन्तले नीतिमा देखिएको परिवर्तन र बजारको माहोलले अब सेयर बजारको यात्रा माथि नै जाने संकेत गर्ने बताएका छन् । 

राष्ट्र बैंकले आइतबार साँझ मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै ५० लाखभन्दा माथिको सेयर धितो कर्जामा हाल रहेको १२५ को जोखिम भारलाई घटाएर १०० बनाउने निर्णय गरेको थियो । 

यसअघि राष्ट्र बैंकका तत्कालीन गभर्नर महाप्रसाद अधिकारीले २०७८ मा मार्जिन प्रकृतिको सेयर धितो कर्जाको जोखिम भार बढाएर १५० प्रतिशत पुर्याएको थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register