पुटिनलाई लक्षित गरी युक्रेनको ड्रोन आक्रमण

काठमाडौं । रुस र युक्रेनबीच तीन वर्षदेखि युद्ध चलिरहेको छ । दुवै देशले एकअर्कामाथि निरन्तर आक्रमण गरिरहेका छन् । यसैबीच मे २० मा युक्रेनले रुसमाथि गरेको ड्रोन आक्रमणको खबर आएको छ । उक्त आक्रमण रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई लक्षित गरी गरिएको थियो । रुसी सैन्य कमाण्डरले यसबारे खुलासा गरेका हुन् । रुसको वायु रक्षा डिभिजनका कमाण्डर युरी […]

May 26, 2025 - 06:26
 0
पुटिनलाई लक्षित गरी युक्रेनको ड्रोन आक्रमण

काठमाडौं । रुस र युक्रेनबीच तीन वर्षदेखि युद्ध चलिरहेको छ । दुवै देशले एकअर्कामाथि निरन्तर आक्रमण गरिरहेका छन् ।

यसैबीच मे २० मा युक्रेनले रुसमाथि गरेको ड्रोन आक्रमणको खबर आएको छ । उक्त आक्रमण रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई लक्षित गरी गरिएको थियो ।

रुसी सैन्य कमाण्डरले यसबारे खुलासा गरेका हुन् । रुसको वायु रक्षा डिभिजनका कमाण्डर युरी ड्यास्किनले मे २० मा कुर्स्क ओब्लास्टको भ्रमण गर्दा पुटिनको हेलिकोप्टरलाई लक्षित गरी युक्रेनले ड्रोन आक्रमण गरेको बताए । तर, यो आक्रमणलाई विफल पारिएको थियो ।

उनले भने, “एकातिर हामी युक्रेनको ड्रोन आक्रमणको प्रभावकारी जवाफ दिइरहेका थियौं भने अर्कोतिर राष्ट्रपति पुटिनको हेलिकोप्टरको सुरक्षा पनि सुनिश्चित गरिरहेका थियौं ।” यद्यपि, रुसको यो दाबीमा युक्रेनबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।

मे २० मा के भयो ?

पुटिन मे २० मा कुर्स्क ओब्लास्टको भ्रमणमा थिए । यस क्रममा उनी एमआई-१७ हेलिकोप्टरमा सवार थिए ।

उक्त समयमा युक्रेनबाट ठूलो सङ्ख्यामा ड्रोन आक्रमणहरू भए । यस आक्रमणलाई ध्यानमा राख्दै रुसको वायु रक्षा प्रणाली सक्रिय पारिएको थियो, जसका कारण ४६ भन्दा बढी ड्रोनहरू खसालिएका थिए ।

यसैबीच युक्रेनको आक्रमणको जवाफमा रुसले आइतबार राति युक्रेनमा सबैभन्दा ठूलो हवाई आक्रमण गरेको छ । रुसले युक्रेनका धेरै शहरहरूमा ४०० वटा मिसाइल र ड्रोन प्रहार गरेको छ । यो भयानक आक्रमणले जाइतोमिरमा तीन बालबालिकासहित १३ जनाको ज्यान लिएको बीबीसीले जनाएको छ । धेरै दर्जन मानिसहरू घाइते भएका छन् । कीभ, खार्किव, माइकोलाइभ, टेर्नोपिल र खमेलनित्स्की जस्ता प्रमुख शहरहरू निशानामा परेका थिए ।

यो युद्धको अहिलेसम्मकै सबैभन्दा ठूलो हवाई आक्रमण मानिन्छ ।

युक्रेनी वायुसेनाले २६६ ड्रोन र ४५ वटा मिसाइल खसालेको थियो, तर यसको बावजुद पनि धेरै अपार्टमेन्ट भवन र पूर्वाधारमा गम्भीर क्षति पुगेको जनाएको छ ।

यस आक्रमणको बीचमा युक्रेनले शान्ति वार्ताको मार्ग प्रशस्त गर्न ३० दिने युद्धविरामको प्रस्ताव गरेको छ । हिंसाका बीचमा रूस र युक्रेनका हजारौं कैदीहरूको आदानप्रदानको प्रक्रिया पनि पूरा भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register