गणतन्त्रवादी नेताहरूले देश नछाडे घरबाट थुतेर कुट्ने राप्रपा नेतृको अभिव्यक्ति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ कुन्ति पोखरेलले आगामी वैशाख ७ गतेबाट चल्ने आन्दोलनपछि नेपालमा राजसंस्था नफर्किएसम्म निरन्तर सडकमा रहने बताएकी छन् । राप्रपाले राजधानीको बल्खुमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै पोखरेलले राजसंस्था नफर्किएसम्म सडक नछाड्ने बताएकी हुन् । ‘यो आज सुरुवात हो । वैशाख ७ गतेदेखि हामी यहीँ ठाउँमा बस्छौं, यहीँ सुत्छौं, […]

Apr 8, 2025 - 09:18
 0
गणतन्त्रवादी नेताहरूले देश नछाडे घरबाट थुतेर कुट्ने राप्रपा नेतृको अभिव्यक्ति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ कुन्ति पोखरेलले आगामी वैशाख ७ गतेबाट चल्ने आन्दोलनपछि नेपालमा राजसंस्था नफर्किएसम्म निरन्तर सडकमा रहने बताएकी छन् ।

राप्रपाले राजधानीको बल्खुमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै पोखरेलले राजसंस्था नफर्किएसम्म सडक नछाड्ने बताएकी हुन् ।

‘यो आज सुरुवात हो । वैशाख ७ गतेदेखि हामी यहीँ ठाउँमा बस्छौं, यहीँ सुत्छौं, खाना पनि यहीँ पकाउँछौं,’ उनले भनिन्, ‘जबसम्म यो देशमा हाम्रो अभिभावकीय संस्था राजसंस्था नभएसम्म यहीँ बस्छौं ।’

उनले गणतन्त्रवादी नेताहरूलाई आजै देश छाडेर भाग्न चेतावनी दिँदै नभागे घरबाट थुतेर राष्ट्रवादीहरूले कुट्नेसम्मको अभिव्यक्ति दिएकी हुन् । ‘कि देश छाडेर भाग, कि आत्मसमर्पण गर । नत्र खैरियत छैन,’ उनले भनिन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register