आकाशबाट यस्तो देखियो बलम्बु फ्लाइओभर (तस्बिरहरु)

काठमाडाैं । कलंकी-नागढुंगा सडक खण्ड अन्तर्गत थानकोट चेकपोस्ट नजिकै बलम्बुमा बनिरहेको फ्लाइओभरको काम लगभग सकिएको छ । मूल सडककोबीच लेनबाट नयाँ खोलिएको सडकतर्फ घुमाउरो ब्रिज (फ्लाइओभर) मा अहिले कालोपत्रे भइरहेको छ । यो फलाइओभरले नागढुंगा सुरुङमार्ग (सिस्नेखोला-टोटीपाखा)को पहुँचमार्गलाई कलंकी–नागढुंगा सडकसँग जोड्नेछ । यो फ्लाइओभर १२८ मिटर लामो छ । मूल सडकतर्फ फ्लाइओभरमा जोड्न २८० मिटरको […]

May 26, 2025 - 07:30
 0
आकाशबाट यस्तो देखियो बलम्बु फ्लाइओभर (तस्बिरहरु)

काठमाडाैं । कलंकी-नागढुंगा सडक खण्ड अन्तर्गत थानकोट चेकपोस्ट नजिकै बलम्बुमा बनिरहेको फ्लाइओभरको काम लगभग सकिएको छ ।

मूल सडककोबीच लेनबाट नयाँ खोलिएको सडकतर्फ घुमाउरो ब्रिज (फ्लाइओभर) मा अहिले कालोपत्रे भइरहेको छ । यो फलाइओभरले नागढुंगा सुरुङमार्ग (सिस्नेखोला-टोटीपाखा)को पहुँचमार्गलाई कलंकी–नागढुंगा सडकसँग जोड्नेछ ।

यो फ्लाइओभर १२८ मिटर लामो छ । मूल सडकतर्फ फ्लाइओभरमा जोड्न २८० मिटरको र्‍याम्प बनाइएको भने पहुँच मार्गतर्फ २१० मिटरको र्‍याम्प तयार गरिएको छ । बीचमा १२८ मिटरको फ्लाइओभर ब्रिजसहितको संरचना तयार पारिएको छ ।नागढुंगा सुरुङमार्ग पनि फिनिसिङको काम भइरहेको छ । बाँकी तस्विरमा हेर्नुहोस्:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register