अर्थमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता, बजेटका विषयमा व्यापक छलफल ! 

काठमाडौँ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् ।  सरकारले जेठ १५ गते ल्याउन लागेको आगामी आर्थिक वर्ष २०८२ ८३ को बजेटका विषयमा घनिभूत छलफल चलिरहेका बेला अर्थमन्त्री शीतलनिवास पुगेर राष्ट्रपतिलाई भेटेका हुन् ।  भेटमा अर्थमन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेललाई बजेटबारे जानकारी गराएका थिए । अर्थमन्त्रीका प्रेस सल्लाहकार भुवन पौडेलका अनुसार […]

May 27, 2025 - 06:40
 0
अर्थमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता, बजेटका विषयमा व्यापक छलफल ! 

काठमाडौँ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् । 

सरकारले जेठ १५ गते ल्याउन लागेको आगामी आर्थिक वर्ष २०८२ ८३ को बजेटका विषयमा घनिभूत छलफल चलिरहेका बेला अर्थमन्त्री शीतलनिवास पुगेर राष्ट्रपतिलाई भेटेका हुन् । 

भेटमा अर्थमन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेललाई बजेटबारे जानकारी गराएका थिए । अर्थमन्त्रीका प्रेस सल्लाहकार भुवन पौडेलका अनुसार अर्थमन्त्री र राष्ट्रपतिबीचको भेटवार्ता पूर्णतहः बजेटबारे केन्द्रित थियो । 

सरकारले जेठ १५ गते संवैधानिक व्यवस्था अनुसार १९ खर्ब हाराहारीको बजेट ल्याउँदैछ । सरकारले आजै आर्थिक सर्वेक्षण समेत सार्वजनिक गर्दैछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register