जीप दुर्घटना अपडेट,मृतक तीन जनाको पहिचान खुल्यो

कैलाली । जिल्लाको जगन्नाथ गाउँपालिकामा मङ्गलबार जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ । दुर्घटनामा धनगढी उपमहानगरपालिका घर भई हाल नेपाल टेलिकम बाजुराका कार्यालय प्रमुख ५५ वर्षीय लोकबहादुर खड्का, जिप चालक ४० वर्षीय करन महतरा र बडीमालिका नगरपालिका–७ निवासी २८ वर्षीय रवीन्द्र धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । […]

May 27, 2025 - 09:03
 0
जीप दुर्घटना अपडेट,मृतक तीन जनाको पहिचान खुल्यो

कैलाली । जिल्लाको जगन्नाथ गाउँपालिकामा मङ्गलबार जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

दुर्घटनामा धनगढी उपमहानगरपालिका घर भई हाल नेपाल टेलिकम बाजुराका कार्यालय प्रमुख ५५ वर्षीय लोकबहादुर खड्का, जिप चालक ४० वर्षीय करन महतरा र बडीमालिका नगरपालिका–७ निवासी २८ वर्षीय रवीन्द्र धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् ।

उनीहरुको आधारभूत अस्पताल कोल्टीमा उपचार भइरहेको छ । नेपाल टेलिकमको टावरमा सोलार प्यानल जोड्न पिलुचौरबाट गएको जिप दुर्घटना भएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register