शेखरको टिप्पणी : जेठ १५ गतेलाई लिएर ओलीले दिएको अभिव्यक्ति निरंकुशताको सुरुवात

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जेठ १५ गते काठमाडौंलाई नियन्त्रणमा राख्ने प्रधानमन्त्रीको अभिव्यक्ति निरंकुशताको सुरुवात भएको टिप्पणी गरेका छन् । मंगलबार विराटनगरमा जीपी कोइराला लेवर फाउन्डेशन नेपालले आयोजना गरेको कार्यक्रममा कोइरालाले अरुलाई निषेध गर्ने गरी आएको प्रधानमन्त्रीको अभिव्यक्ति निरंकुशताको सुरुवात भएको टिप्पणी गरेका हुन् । उनले अब पनि कांग्रेस नेतृत्वले परिस्थिति नबुझेमा […]

May 27, 2025 - 15:31
 0
शेखरको टिप्पणी : जेठ १५ गतेलाई लिएर ओलीले दिएको अभिव्यक्ति निरंकुशताको सुरुवात

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जेठ १५ गते काठमाडौंलाई नियन्त्रणमा राख्ने प्रधानमन्त्रीको अभिव्यक्ति निरंकुशताको सुरुवात भएको टिप्पणी गरेका छन् ।

मंगलबार विराटनगरमा जीपी कोइराला लेवर फाउन्डेशन नेपालले आयोजना गरेको कार्यक्रममा कोइरालाले अरुलाई निषेध गर्ने गरी आएको प्रधानमन्त्रीको अभिव्यक्ति निरंकुशताको सुरुवात भएको टिप्पणी गरेका हुन् ।

उनले अब पनि कांग्रेस नेतृत्वले परिस्थिति नबुझेमा पार्टी डुब्दै जाने तर्क गरे ।

नेता कोइरालाले सत्तासाझेदार दलको हैसियतले कांग्रेसले यस अवस्थालाई सम्हाल्न सक्नुपर्ने धारणा राखे ।

‘अब पनि कांग्रेस नेतृत्वले परिस्थिति नबुझेमा पार्टी डुब्दै जाने अवस्था छ,’ उनले भने, ‘सत्तासाझेदार दलको हैसियतले कांग्रेसले यस अवस्थालाई सम्हाल्न सक्नुपर्छ ।’

उनले नीतिगत भ्रष्टाचारका नाममा मुलुक जर्जर बनाउने कार्य भइरहेकोले समयमा नै नियन्त्रण गर्नुपर्ने बताए ।

नेता कोइरालाले भ्रष्टाचार र दण्डहीनताका कारण मुलुक संकटमा पर्दै गएकाले राजनैतिक दलका नेताहरू सचेत र सजग हुनुपर्ने बताए ।

उनले मुलुक ‘ग्रे लिस्ट’मा परेकोले चाँडै नै यसबाट बाहिर निकाल्न गभर्नरले प्रभावकारी कदम चाल्नुपर्ने धारणा व्यक्त गरे ।

प्रशिक्षण कार्यक्रममा सहभागीहरूले श्रमिकलाई हक अधिकार प्रदान गर्न श्रम आयोग बनाउनुपर्नेमा जोड दिएका थिए ।

राजावादी समूहले यही जेठ १५ गतेदेखि राजसंस्थाका लागि निर्णायक आन्दोलन गर्ने निर्णय गरेको छ । यही प्रदर्शनलाई लिएर ओलीले आफ्ना कार्यकर्तालाई बाघले जसरी झम्टिन निर्देशन दिएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register