बुटवलमा आमा र दुई छोरीको विभत्स हत्या : अभियुक्त संविधान दिवसमा आममाफी पाएका व्यक्ति

बुटवल । बुटवल उपमहानगरपालिका–११ कालिकानगरस्थित होराइजनचोकनजिकै एक आमासहित दुई नाबालक छोरीको विभत्स हत्या भएको छ । होराइजनचोकको मिलिजुली पथमा बस्ने अन्दाजी ३१ वर्षीया दीपा बस्याल र उनका दुई छोरी सात वर्षीया स्नेहा बस्याल र चार वर्षीया नानी बस्यालको बुधबार बिहान हत्या भएको हो । हत्यामा संलग्न भएको आरोपमा अन्दाजी ३२ वर्षका सुजन कोइरालालाई नियन्त्रणमा लिइएको […]

May 28, 2025 - 04:25
 0
बुटवलमा आमा र दुई छोरीको विभत्स हत्या : अभियुक्त संविधान दिवसमा आममाफी पाएका व्यक्ति

बुटवल । बुटवल उपमहानगरपालिका–११ कालिकानगरस्थित होराइजनचोकनजिकै एक आमासहित दुई नाबालक छोरीको विभत्स हत्या भएको छ ।

होराइजनचोकको मिलिजुली पथमा बस्ने अन्दाजी ३१ वर्षीया दीपा बस्याल र उनका दुई छोरी सात वर्षीया स्नेहा बस्याल र चार वर्षीया नानी बस्यालको बुधबार बिहान हत्या भएको हो ।

हत्यामा संलग्न भएको आरोपमा अन्दाजी ३२ वर्षका सुजन कोइरालालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायब उपरीक्षक इन्द्र रानाले जानकारी दिए । उनी हत्या गरिएकी दीपाका पूर्वपति रहेको पाइएको छ ।

‘सम्बन्धविच्छेद भएर अर्कैसँग विवाह गरी बसेकी पूर्वपत्नी र दुई छोरीलाई पूर्वपतिले आफ्नै घरमा बोलाइ बुधबार बिहान अन्दाजी४ बजेतिर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ उनले भने ।

अभियुक्त कोइराला आफ्नै दाजुको हत्या गरेर जेलमा थिए । तर उनी संविधान दिवसको दिन आममाफी पाएर छुटेका थिए ।

उनीहरुबीच करिब ८ वर्ष पहिले नै सम्बन्ध विच्छेद भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले बताएको छ ।

‘घटना के कति कारणले घटेको हो भन्ने तथ्य जाँचका लागि घटनास्थलमा पुगेर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ,’ प्रनाउ रानाले भने ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register