केदारनाथ धाम नजिकै भएको हेलिकप्टर दुर्घटनामा सवार सबैको मृत्यु

काठमाडौं ।   भारतको उत्तराखण्डस्थित केदारनाथ धाम नजिकै आइतबार बिहान भएको हेलिकप्टर दुर्घटना भएको छ । सो दुर्घटनामा हेलिकप्टरमा  सवार सबै ७ जनाको मृत्यु भएको बताइएको  छ।   दुर्घटना गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण नजिकै भएको हो। आर्यन कम्पनीको उक्त हेलिकप्टर केदारनाथ धामबाट फाटातर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो। प्रारम्भिक जानकारी अनुसार खराब मौसमका कारण दुर्घटना भएको बताइएको छ। […]

Jun 15, 2025 - 05:05
 0
केदारनाथ धाम नजिकै भएको हेलिकप्टर दुर्घटनामा सवार सबैको मृत्यु

काठमाडौं ।   भारतको उत्तराखण्डस्थित केदारनाथ धाम नजिकै आइतबार बिहान भएको हेलिकप्टर दुर्घटना भएको छ । सो दुर्घटनामा हेलिकप्टरमा  सवार सबै ७ जनाको मृत्यु भएको बताइएको  छ।   दुर्घटना गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण नजिकै भएको हो।

आर्यन कम्पनीको उक्त हेलिकप्टर केदारनाथ धामबाट फाटातर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो। प्रारम्भिक जानकारी अनुसार खराब मौसमका कारण दुर्घटना भएको बताइएको छ।

दुर्घटनाको खबर पाएलगत्तै राष्ट्रिय विपद् प्रतिक्रिया बल (NDRF) र राज्य विपद् प्रतिक्रिया बल (SDRF) का टोलीहरू घटनास्थलमा पुगेका थिए। उनीहरूले शवहरूलाई नियन्त्रणमा लिई पोस्टमार्टमका लागि पठाएका छन्।

उत्तराखण्डका अतिरिक्त प्रहरी महानिर्देशक (कानून तथा व्यवस्था) डा. वी. मुरुगेशन पनि प्रहरी टोलीसहित घटनास्थलमा पुगेर दुर्घटनाको पुष्टि गरेका छन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register