बंगलादेशलाई नेपालले बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात सुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा माग पूरा गरी तेस्रो देश बंगलादेशमा निर्यात सुरु गरिएको हो । नेपाल, भारत र बंगलादेशबीच २०८१ असोज १७ मा विद्युत् बेच्ने सम्झौता भएको थियो । सम्झौता अनुसार हरेक वर्षायामको ५ महिना अर्थात् हरेक वर्षको जुन […]

Jun 15, 2025 - 05:10
 0
बंगलादेशलाई नेपालले बिजुली बेच्न थाल्यो

काठमाडौं ।

नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात सुरु गरेको छ ।

अहिले उत्पादित विद्युतले स्वदेशमा माग पूरा गरी तेस्रो देश बंगलादेशमा निर्यात सुरु गरिएको हो । नेपाल, भारत र बंगलादेशबीच २०८१ असोज १७ मा विद्युत् बेच्ने सम्झौता भएको थियो । सम्झौता अनुसार हरेक वर्षायामको ५ महिना अर्थात् हरेक वर्षको जुन १५ देखि नोभेम्बर १५ सम्म ४० मेगावाट बिजुली बिक्री गर्ने सम्झौता भएको थियो ।

सो सम्झौतासँगै शनिबारबाट बंगलादेश विद्युत् निर्यात थालिएको हो । नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय प्रसारणलाइन ढल्केबर–मुजफ्फरपुर ४०० केभी मार्फत बिक्री गर्न लागिएको हो । यसअघि सम्झौता भएसँगै १ दिन विद्युत् बिक्री गर्दा प्राधिकरण ४ लाख ७० हजार युनिट बिजुली बिक्री गरिएको थियो । यसबाट ३० हजार ८० डलर आम्दानी भएको प्राधिकरण जनाएको छ ।

यसअघि नेपाल र भारतबीच मात्र विद्युत् व्यापार हुँदै आएको थियो । विद्युत् प्राधिकरणले त्रिशूली र चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित क्रमशः १८ दशमलब ६० मेगावाट र २१ दशमलब ४० मेगावाट गरी ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्ने छ । ४० मेगावाट विद्युत् सन् २०२९ अक्टोबर २ सम्म अर्थात ५ वर्षसम्म बंगलादेश निर्यात गर्ने सहमति भएको छ भने भारत सरकारले पनि प्रसारण लाइनको प्रयोग गर्न स्वीकृति दिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register