ट्रम्प प्रशासनबाट बाहिरिए मस्क

एजेन्सी । एलोन मस्कले आफू ट्रम्प प्रशासनबाट बाहिरिएको घोषणा गरेका छन्। उनले नेतृत्व गरेको अमेरिकी सरकारको आकार घटाउने अभियानले हजारौं संघीय रोजगारीहरू कटौती भएका थिए। विश्वका सबैभन्दा धनी व्यक्ति समेत रहेका मस्कले ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसिएन्सी’ (Department of Government Efficiency) सञ्चालन गर्न सहयोग गर्ने अवसर दिएकोमा ट्रम्पलाई धन्यवाद दिएका छन्। मस्कले एक्समा लेखेका छन्, “विशेष […]

May 29, 2025 - 05:56
 0
ट्रम्प प्रशासनबाट बाहिरिए मस्क

एजेन्सी । एलोन मस्कले आफू ट्रम्प प्रशासनबाट बाहिरिएको घोषणा गरेका छन्। उनले नेतृत्व गरेको अमेरिकी सरकारको आकार घटाउने अभियानले हजारौं संघीय रोजगारीहरू कटौती भएका थिए।

विश्वका सबैभन्दा धनी व्यक्ति समेत रहेका मस्कले ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसिएन्सी’ (Department of Government Efficiency) सञ्चालन गर्न सहयोग गर्ने अवसर दिएकोमा ट्रम्पलाई धन्यवाद दिएका छन्।

मस्कले एक्समा लेखेका छन्, “विशेष सरकारी कर्मचारीको रूपमा मेरो निर्धारित समय समाप्त भएपछि, म राष्ट्रपतिलाई अनावश्यक खर्च कम गर्ने अवसर दिएकोमा धन्यवाद दिन चाहन्छु।” उनले थपे, ” DOGE अभियान सरकारभरि जीवनशैली बन्दै जाँदा समयसँगै झन् बलियो हुनेछ।”

बीबीसीका अनुसार, ह्वाइट हाउसले बुधबार रातिदेखि मस्कलाई विशेष सरकारी कर्मचारीको पदबाट पदमुक्त गर्ने प्रक्रिया सुरु गरेको छ।

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register