साक्षर जिल्लाको संख्या ६६ पुग्यो, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलाई साक्षर घोषणाको तयारी

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ मा साक्षर जिल्लाको संख्या ६६ पुगेको छ । अर्थमन्त्री विष्णु पौडेलले संसद्‌मा पेस गरेको आर्थिक सर्वेक्षणमा यस्तो विवरण उल्लेख छ । अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्षको फागुनसम्मको सर्वेक्षण पेस गरेका हुन् । हालसम्म कोशी, गण्डकी र बागमती प्रदेश सक्षार घोषणा भएका छन्, भने सुदूरपश्चिम र लुम्बिनी प्रदेश सक्षार घोषणा […]

May 29, 2025 - 10:02
 0
साक्षर जिल्लाको संख्या ६६ पुग्यो, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलाई साक्षर घोषणाको तयारी

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ मा साक्षर जिल्लाको संख्या ६६ पुगेको छ । अर्थमन्त्री विष्णु पौडेलले संसद्‌मा पेस गरेको आर्थिक सर्वेक्षणमा यस्तो विवरण उल्लेख छ । अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्षको फागुनसम्मको सर्वेक्षण पेस गरेका हुन् ।

हालसम्म कोशी, गण्डकी र बागमती प्रदेश सक्षार घोषणा भएका छन्, भने सुदूरपश्चिम र लुम्बिनी प्रदेश सक्षार घोषणा हुने तयारीमा छन् ।

शैक्षिक सत्र २०८० मा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्या ९.८६ प्रतिशतले बढेको सर्वेक्षणले देखाएको छ ।

शैक्षिक सत्र २०७९ मा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्या ६ लाख १ हजार ७ सय ८३ रहेकोमा शैक्षिक शत्र २०८० मा ६ लाख ७२ हजार ४ सय ८९ पुगेको छ । तीमध्ये सबैभन्दा बढी त्रिभुवन विश्वविद्यालयका आङ्गिक तथा सम्बन्धन प्राप्तमा बढी छन् ।

७४.१ प्रतिशत त्रिविमा त्यसअन्तर्गतका आङ्गिकमा २६.३९ प्रतिशत र सम्बन्धनप्राप्तमा ४७.९२ प्रतिशत विद्यार्थी अध्ययनरत छन् । २५.६९ प्रतिशत अन्य विश्विद्यालय, प्रतिष्ठान, विदेशी विश्वविद्यालयका सम्बन्धन प्राप्त क्याम्पसमा अध्ययनरत छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register