काम खोज्दै १० महिना झण्डै ७ लाख युवा विदेशिए

काठमाडौँ । काम खोज्दै विदेश जाने नेपालीको संख्या बढेको छ ।  चालु आर्थिक वर्षको १० महिनामा काम खोज्दै ६ लाख ८५ हजार ९ सय २५ जना युवा विदेश गएका हुन् । यो संख्या अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा १२.५० प्रतिशतले धेरै हो । वैदेशिक रोजगार विभागका अनुसारका अनुसार अघिल्लो वर्षको सोहि अवधिमा ६ लाख […]

May 29, 2025 - 10:02
 0
काम खोज्दै १० महिना झण्डै ७ लाख युवा विदेशिए

काठमाडौँ । काम खोज्दै विदेश जाने नेपालीको संख्या बढेको छ ।  चालु आर्थिक वर्षको १० महिनामा काम खोज्दै ६ लाख ८५ हजार ९ सय २५ जना युवा विदेश गएका हुन् । यो संख्या अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा १२.५० प्रतिशतले धेरै हो ।

वैदेशिक रोजगार विभागका अनुसारका अनुसार अघिल्लो वर्षको सोहि अवधिमा ६ लाख ९ हजार ७०५ जनाले श्रम स्वीकृति लिएर विदेश गएका थिए ।

विभागका अनुसार २०८१ साउनमा ५९ हजार ५७५, भदौमा ५७ हजार ४९३, असोजमा ५३ हजार ५२५, कात्तिकमा ७० हजार ९९० र मंसिरमा ८४ हजार २२६, जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् ।

यसैगरी, पुसमा ६७ हजार २५८, माघमा ७२ हजार ४४१, फागुनमा, ६८ हजार ९६३, चैतमा ७३ हजार ४०३ र वैशाखमा ७८ हजार ५० जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । विभागका अनुसार यो संख्या नयाँ श्रम स्वीकृति लिएर र पुनः श्रम स्वीकृति लिएर जानेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register