झापा जिल्ला सहकारी संघको २८ औं सभा : सल्लाह नै नगरी सहकारी अध्यादेश ल्याइएको गुनासो
झापा, २७ पुस । झापा जिल्ला सहकारी संघ लिमिटेडको २८औँ वार्षिक साधारण सभामा सम्पन्न भएको छ । झापाको बिर्तामोडमा आज संघका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा आयोजित साधारणसभामा प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका कार्यबाहक रमेश पोखरेलले सरकारले जारी गरेको सहकारी सम्बन्धी अध्यादेशको विषयमा सरोकारवाला निकायहरुसँग छलफल नगरिएको बताउनुभयो । सहकारी समस्या समाधानका लागि ल्याइएको अध्यादेश सरोकारवाला [...] The post झापा जिल्ला सहकारी संघको २८ औं सभा : सल्लाह नै नगरी सहकारी अध्यादेश ल्याइएको गुनासो appeared first on Jhapa Online.

झापा, २७ पुस । झापा जिल्ला सहकारी संघ लिमिटेडको २८औँ वार्षिक साधारण सभामा सम्पन्न भएको छ ।
झापाको बिर्तामोडमा आज संघका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा आयोजित साधारणसभामा प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका कार्यबाहक रमेश पोखरेलले सरकारले जारी गरेको सहकारी सम्बन्धी अध्यादेशको विषयमा सरोकारवाला निकायहरुसँग छलफल नगरिएको बताउनुभयो । सहकारी समस्या समाधानका लागि ल्याइएको अध्यादेश सरोकारवाला निकायसँग छलफल नगरी ल्याइएकाले त्यसमा संशोधन आवश्यक रहेको उल्लेख गर्नुभयो ।
संशोधनका लागि मन्त्रालयमा छलफल भइरहेको बताउँदै उहाँले प्रतिस्थापन विधेयकमार्फत संशोधन गर्ने आश्वासन पाएको बताउनुभयो । २०६२ सालमा नै सहकारीको नियमनका लागि दोस्रो तहको निकाय वा प्राधिकरणको आवश्यकता रहेको आफूहरुले औंल्याए पनि सोको बेवास्ता गरिएको उहाँको भनाइ छ । सहकारी ऋण सुचना केन्द्रको आवश्कता औँल्याइएकोमा कर्जा सुचना केन्द्रमार्फत व्यवस्थापन गर्ने, सहकारी कर्जा सुरक्षण कोषको व्यवस्था जस्ता केही राम्रा कामको थालनी गरिएको उहाँले उक्त कार्यको स्वागत गर्नुभयो ।
विश्वमा काहीँ नभएको बचत सीमा सरकारले तोकिदिएकोमा उहाँले आपत्ति जनाउनुभयो । सरकारले जिल्लाभर कार्यक्षेत्र हुने सहकारीले १० लाख, प्रदेशभर कार्यक्षेत्र भएकाले २५ लाख र देशभर कार्यक्षेत्र भएका सहकारीले एक जना सदस्यबाट ५० लाखसम्म बचत संकलन गर्न पाउने व्यवस्था हटाउन महासंघले माग गरेको उहाँले बताउनुभयो । बचत तथा ऋण सहकारी संस्थामा बढीमा दुई कार्यकाल भन्दा बढी एक जना व्यक्ति बस्न नपाउने गरी सरकाले गरेको व्यवस्था परिमार्जन गरिनुपर्ने माग सरकार समक्ष राखिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै संघका अध्यक्ष गणेश ढकालले झापा जिल्ला सहकारी संघको शेयर पूँजी ३ करोड ५९ लाख ५६ हजार एक सय रुपैँया, कोषमा ८ करोड ९ लाख ६६ हजार ८४१ रुपैँया रहेको जानकारी दिनुभयो । संघले गत आवमा संघले २ करोड ५ लाख ७० हजार २८७ रुपैँया निक्षेप संकलन गरेको र १ करोड २८ लाख २ हजार १७२ रुपैँया कर्जा लगानी गरेको छ । संघमा ४९६ वटा प्रारम्भिक संस्थाहरु सदस्य रहेका छन् ।

कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) का महासचिव घनश्याम अधिकारीले शुभकामना मन्तव्य राख्नुभएको थियो । कोषाध्यक्ष अर्जुन दंगाल र लेखा सुपरिवेक्षण समिति संयोजक चुडामणि ओझाले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संघका सचिव भवानीप्रसाद दंगाल (भानु) कार्यक्रमको सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत उपाध्यक्ष प्रेमकुमार कोइरालाले गर्नुभएको थियो ।
संस्थाले आठौँ कार्यकालका लागि सञ्चालक र लेखा सुपरिवेक्षण समितिको चयनका गर्न माघ २० गतेदेखि फागुन ३ गतेसम्मको निर्वाचन तालिकासमेत सार्वजनिक गरिएको छ ।
The post झापा जिल्ला सहकारी संघको २८ औं सभा : सल्लाह नै नगरी सहकारी अध्यादेश ल्याइएको गुनासो appeared first on Jhapa Online.
What's Your Reaction?






