आगामी संसद् बैठक सामान्य हुनेछैन : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी संसद्‌ बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामाको मागलाई यथावत राख्ने भएको छ । दुई दिनसम्म बैठक अवरोध गरेका विपक्षी दलहरूले बिहीबार भने बजेट पेस हुने भएकाले अवरोध गरेका थिएनन् । तर, संसद्‌ बैठकका आगामी दिनहरू सहज नहुने रास्वपाले जनाएको छ । ‘आज हामीले सरल राजनीतिक रूपमा संवैधानिक सुझबुझ देखाउन आवश्यक […]

May 29, 2025 - 13:32
 0
आगामी संसद् बैठक सामान्य हुनेछैन : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी संसद्‌ बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामाको मागलाई यथावत राख्ने भएको छ । दुई दिनसम्म बैठक अवरोध गरेका विपक्षी दलहरूले बिहीबार भने बजेट पेस हुने भएकाले अवरोध गरेका थिएनन् ।

तर, संसद्‌ बैठकका आगामी दिनहरू सहज नहुने रास्वपाले जनाएको छ । ‘आज हामीले सरल राजनीतिक रूपमा संवैधानिक सुझबुझ देखाउन आवश्यक हुन्छ । कानुन सुशासनको मुद्दा हो । तर, संवैधानिक प्रक्रियालाई व्यवधान गर्न चाहाँदैनथियौँ । अर्को व्यवधान खडा गर्न चाहान्नथ्यौँ । आगामी बैठकदेखि सामान्य रूपमा प्रस्तुत हुँदैनौँ’, रास्वपा नेता मनिष झाले भने । उनले आफूहरूका तीनवटा माग रहेको बताए । उनले भिजिट भिसा प्रकरणका विषयमा प्रधानमन्त्री बोल्नुपर्ने बताए । उनले यो प्रकरण गृहमन्त्री रमेश लेखकको संलग्नताको यथेस्ट प्रमाण रहेको दाबी गरे ।

उनले गृहमन्त्री लेखकले बुधबार पत्रकार सम्मेलन गरी लगाएको आक्षेप आपत्तिजनक रहेको बताए । गृहमन्त्री लेखकले पत्रकार सम्मेलनमा अहिलेको भिजिट भिसा प्रकरण र रास्वपा सभापति रवि लामिछाने मुछिएको सहकारी ठगी प्रकरण फरक रहेको दाबी गरेका थिए । यसै विषयाम रास्वपाले आपत्ति जनाएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register