संरक्षणका लागि  चाेरी शिकार नियन्त्रण युवा जागरण गोष्ठी

नवलपरासी।  चितवन राष्ट्रिय निकुञ्ज,पश्चिम सेक्टर लामिचाैर कावासाेतीमा चाेरी शिकार नियन्त्रण युवा जागरण कार्यशाला गोष्ठी सम्पन्न भएकाे छ । विश्व वन्यजन्तु दिवस तथा सिबिएपियु दिवस २०८१ का अवसरमा आयाेजित कार्यशाला गाेष्ठीमा समुदाय स्तरबाट वन्यजन्तुकाे संरक्षणमा युवाहरूले खेल्ने भूमिका विषयमा चर्चा गरिएको थियो । गाेष्ठीमा चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा.गणेश पन्तले नेपालमा वन्यजन्तु तथा जैविक […]

Mar 4, 2025 - 16:07
 0
संरक्षणका लागि  चाेरी शिकार नियन्त्रण युवा जागरण गोष्ठी

नवलपरासी। 

चितवन राष्ट्रिय निकुञ्ज,पश्चिम सेक्टर लामिचाैर कावासाेतीमा चाेरी शिकार नियन्त्रण युवा जागरण कार्यशाला गोष्ठी सम्पन्न भएकाे छ ।

विश्व वन्यजन्तु दिवस तथा सिबिएपियु दिवस २०८१ का अवसरमा आयाेजित कार्यशाला गाेष्ठीमा समुदाय स्तरबाट वन्यजन्तुकाे संरक्षणमा युवाहरूले खेल्ने भूमिका विषयमा चर्चा गरिएको थियो ।

गाेष्ठीमा चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा.गणेश पन्तले नेपालमा वन्यजन्तु तथा जैविक विविधताकाे अवस्थिती,वातावरणीय प्रभाव तथा संरक्षण प्रयासका बारे प्रस्तुतीकरण गरेका थिए ।

निकुञ्ज अन्तर्गतका विभिन्न सामुदायिक वन उपभोक्ता समिति,समुदायमा आधारित चाेरीशिकार नियन्त्रण युवा जागरण ईकाई (सिबिएपियु)का पदाधिकारीहरू, नेचरगाईड,सम्वद्ध वडाका जनप्रतिनिधिहरूकाे सहभागिता रहेकाे गाेष्ठीमा चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत एवं सूचना अधिकारी अविनाश थापाले कार्यशाला गाेष्ठीकाे उद्देश्य माथि प्रकाश पारेका थिए ।

गाेष्ठीमा चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत तथा पश्चिम सेक्टर प्रमुख मधु नेपाली,निकुञ्ज सुरक्षार्थ तैनाथ नयाँ गाेरख गणका सेनानी काेकिल कुमार प्रजाले वन्यजन्तुको संरक्षण, ऐन नियम अबैधानिक गतिबिधि भएमा हुने दण्ड सजाय र निकुञ्जकाे सुरक्षा व्यवस्था बारे प्रस्तुति राखेका थिए ।

गाेष्ठीमा प्रमुख अतिथि एवं चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले मानव वन्यजन्तु द्वन्द न्युनिकरण,स्राेत व्यवस्थापन,मध्यवर्ती क्षेत्र र स्थानीय निकायबीच समन्वय, ऐन नियम परिमार्जनका विषयमा आफ्ना धारणा राखेका थिए ।

साेही अवसरमा सिबिएपियुका नन्दभाउजुका अध्यक्ष हाेम बहादुर थनेतले वन्यजन्तुको संरक्षण र चाेरी सिकार नियन्त्रणमा स्थानीय युवाहरू अहाेरात्र लागेकाे बताउदै सिबिएपियुलाई वन उपभोक्ता समिति मातहत नराखी निकुञ्जले आवश्यक अधिकारसहित समन्वयमा लिनु पर्ने बताए ।

जन प्रतिनिधिहरूका तर्फबाट देवचुली नगरपालिका वडा नम्वर १ का वडाध्यक्ष कृष्णबहादुर केसी,कावासाेती १७ का वडाध्यक्ष चुडामणि थनेतले वन्यजन्तुको चाेरी सिकारमा जानिनजानी या प्रलाेभवनमा परि समुदायकै व्यक्ति संलग्न रहने हुँदा यसकाे नियन्त्रणमा पनि समुदायनै सचेत भएर लाग्नु पर्ने सुझाव दिएका थिए ।

चितवन राष्ट्रिय निकुञ्जकाे आयाेजना, लामिचाैर उपभोक्ता समितिको व्यवस्थापन तथा अमलटारी मध्यवर्ती क्षेत्र उपभोक्ता समिति प्रमुख केदार घिमिरेकाे अध्यक्षतामा सम्पन्न भएकाे थियो ।

निकुञ्ज पश्चिम सेक्टरमा पर्ने त्रिवेणी,दाउन्नेदेबी गाेसाईबाबा,नन्दभाउजु, अमलटारी, लामिचाैर, सिसवार, सिख्राैली मध्यवर्ती क्षेत्र  उपभोक्ता समिति, त्यस अन्तर्गतका वन उपभोक्ता समिति तथा तालका पदाधिकारीकाे उपस्थिति रहेकाे गोष्ठी संचालन लामिचाैर   उपभाेक्ता समितिका सचिव एल एन दवाडीले गरेका थिए ।

वन्यजन्तुकाे संरक्षणमा प्रभावकारी भूमिका खेल्दै आएका सिबिएपियुका पदाधिकारीहरूकाे क्षमता अभिवृद्धि,निकुञ्जका नविनतम गतिविधि,अन्तर्राष्ट्रिय संरक्षण अभ्यासकाे जानकारी र संरक्षणकर्मी युवाहरू बीच अनुभव साटासाट गर्ने उदेश्यले चितवन राष्ट्रिय निकुञ्ज यस अघि चितवनको पूर्वी सेक्टर,साैराहामा यस प्रकारकाे गोष्ठी गरि सकेकाे र अब माडी क्षेत्रमा पनि कार्यशाला गोष्ठी गरिने जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register