भद्रपुरबाट ब्राउनसुगरसहित दुई जना पक्राउ

झापा, १४ बैशाख । झापाको भद्रपुर नगरपालिका–५ स्थित मेचीपुलबाट लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आज भद्रपुर नगरपालिका–५ मेचीपुलस्थित अस्थायी प्रहरी बिट मेचीपुलबाट खटिएको प्रहरी टोलीले भारतदेखि नेपालतर्फ आउँदै गरेको पैदल यात्री भद्रपुर–१० का ४३ वर्षीय सन्तोषकुमार काफ्ले र सोही स्थानका ३६ वर्षीय विजय राजवंशीलाई शंका लागि चेकजाँच गर्ने क्रममा उनीहरुले लुकाई [...] The post भद्रपुरबाट ब्राउनसुगरसहित दुई जना पक्राउ appeared first on Jhapa Online.

Apr 27, 2025 - 17:30
 0
भद्रपुरबाट ब्राउनसुगरसहित दुई जना पक्राउ

झापा, १४ बैशाख । झापाको भद्रपुर नगरपालिका–५ स्थित मेचीपुलबाट लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आज भद्रपुर नगरपालिका–५ मेचीपुलस्थित अस्थायी प्रहरी बिट मेचीपुलबाट खटिएको प्रहरी टोलीले भारतदेखि नेपालतर्फ आउँदै गरेको पैदल यात्री भद्रपुर–१० का ४३ वर्षीय सन्तोषकुमार काफ्ले र सोही स्थानका ३६ वर्षीय विजय राजवंशीलाई शंका लागि चेकजाँच गर्ने क्रममा उनीहरुले लुकाई छिपाई ल्याउँदै गरेको ब्राउनसुगर प्लाष्टिकसहित ३ ग्राम ६०० मिलिग्राम (प्लाष्टिक बाहेक २ ग्राम ८७० मिलिग्राम) फेला परेकोले उक्त लागुऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

The post भद्रपुरबाट ब्राउनसुगरसहित दुई जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register