अविरल वर्षाले मेचीनगरको कालिखोलाको डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध, वैकल्पिक मार्ग प्रयोगमा

मेचीनगर, १७ जेठ । आज बिहानैदेखि परेको अविरल वर्षाको कारण झापा जिल्लाको मेचीनगर नगरपालिका–६ स्थित कालिखोलामा रहेको डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। हाल सो क्षेत्र एसियन हाईवे अन्तर्गत निर्माणाधीन अवस्थामा रहेको छ। वर्षासँगै आएको बाढीले डाइभर्सन बगाएपछि सवारी आवागमन ठप्प भएको हो। इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले उच्च सतर्कताका [...] The post अविरल वर्षाले मेचीनगरको कालिखोलाको डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध, वैकल्पिक मार्ग प्रयोगमा appeared first on Jhapa Online.

May 31, 2025 - 05:43
 0
अविरल वर्षाले मेचीनगरको कालिखोलाको डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध, वैकल्पिक मार्ग प्रयोगमा

मेचीनगर, १७ जेठ । आज बिहानैदेखि परेको अविरल वर्षाको कारण झापा जिल्लाको मेचीनगर नगरपालिका–६ स्थित कालिखोलामा रहेको डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। हाल सो क्षेत्र एसियन हाईवे अन्तर्गत निर्माणाधीन अवस्थामा रहेको छ।

वर्षासँगै आएको बाढीले डाइभर्सन बगाएपछि सवारी आवागमन ठप्प भएको हो। इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले उच्च सतर्कताका साथ घटनास्थलमा रहेर हाईवे निर्माण कम्पनीका प्रतिनिधिहरूसँग समन्वय गरिरहेको जानकारी दिएको छ।

राजमार्ग अवरुद्ध भएपछि सवारी साधनहरूका लागि वैकल्पिक मार्गको व्यवस्था गरिएको छ। अब यातायातका साधनहरू कालिखोला हुँदै शान्तिगाउँ, वडा कार्यालय हुँदै काँकरभिट्टा बसपार्कसम्मको वैकल्पिक मार्ग प्रयोग गरी आवतजावत गरिरहेका छन्।

स्थानीय प्रशासन तथा ट्राफिक प्रहरीले नागरिकहरूलाई संयमित भएर सुरक्षित यात्रा गर्न आग्रह गरेका छन्। डाइभर्सन पुनःस्थापना तथा सडक सञ्चालनमा ल्याउन सम्बन्धित निकायले आवश्यक पहल गरिरहेको जानकारी प्राप्त भएको छ।

The post अविरल वर्षाले मेचीनगरको कालिखोलाको डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध, वैकल्पिक मार्ग प्रयोगमा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register