गृहमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने रास्वपाको अडान कायमै, सदनमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणको छानबिनका लागि गृहमन्त्री रमेश लेखकले मार्गप्रशस्त गर्नुपर्ने अडान कायमै राखेको छ । पार्टी कार्यालय बनस्थलीमा सोमबार बसेको संसदीय दलको बैठकले गृहमन्त्रीले राजीनामा दिनुपर्ने निर्णय गरेको हो । गृहमन्त्री लेखकमाथि प्रश्न उठेकाले उनले नभइ सरकारको अभिभावकको रुपमा रहेका प्रधानमन्त्री केपी ओलीले सदनमा जवाफ दिनुपर्ने बैठकको निष्कर्ष रहेको […]

Jun 2, 2025 - 15:47
 0
गृहमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने रास्वपाको अडान कायमै, सदनमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणको छानबिनका लागि गृहमन्त्री रमेश लेखकले मार्गप्रशस्त गर्नुपर्ने अडान कायमै राखेको छ ।

पार्टी कार्यालय बनस्थलीमा सोमबार बसेको संसदीय दलको बैठकले गृहमन्त्रीले राजीनामा दिनुपर्ने निर्णय गरेको हो ।

गृहमन्त्री लेखकमाथि प्रश्न उठेकाले उनले नभइ सरकारको अभिभावकको रुपमा रहेका प्रधानमन्त्री केपी ओलीले सदनमा जवाफ दिनुपर्ने बैठकको निष्कर्ष रहेको रास्वपा कार्यवाहाक प्रवक्ता मनीष झाले जानकारी दिए ।

मार्गप्रशस्त गरेपछि छानबिन आयोगमार्फत गृहमन्त्रीमाथि अनुसन्धान गर्नुपर्ने आफूहरूको माग रहेको उनले बताए । ‘भिजिट भिसा प्रकरणमा रास्वपा कुनै एक व्यक्तिको पछि लागेको होइन । समग्र बेतिथिलाई अन्त्य गर्नुपर्छ भन्ने हाम्रो जोड हो,’ उनले भने ।

त्यसअघि सोमबार नै बसेको रास्वपा सचिवालय बैठकले पनि भिजिट भिसा प्रकरणमा सदनमा शसक्त रुपमा प्रस्तुत हुन संसदीय दललाई निर्देशन दिएको थियो ।

आगामी संसद् बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि बैठकमा छलफल भएको झाले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register