प्रतिनिधिसभा बैठक : विषयगत समिति हेरफेरदेखि विधेयकमा छलफलसम्मको कार्यसूची
काठमाडौं । आज सङ्घीय संसदको प्रतिनिधिसभा बैठक बस्दै छ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहान ११ बजे बस्ने बैठकमा विभिन्न चारवटा सम्भावित कार्यसूचीमा छलफल हुने भएको छ। सङ्घीय संसद सचिवालयका अनुसार आजको पहिलो कार्यसूचीमा प्रतिनिधिसभा अन्तर्गतका विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यक्रम रहेको छ। सभामुख देवराज घिमिरेले यस सम्बन्धी प्रस्ताव प्रस्तुत गर्नेछन्। बैठकको अर्को […]

काठमाडौं । आज सङ्घीय संसदको प्रतिनिधिसभा बैठक बस्दै छ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहान ११ बजे बस्ने बैठकमा विभिन्न चारवटा सम्भावित कार्यसूचीमा छलफल हुने भएको छ।
सङ्घीय संसद सचिवालयका अनुसार आजको पहिलो कार्यसूचीमा प्रतिनिधिसभा अन्तर्गतका विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यक्रम रहेको छ। सभामुख देवराज घिमिरेले यस सम्बन्धी प्रस्ताव प्रस्तुत गर्नेछन्।
बैठकको अर्को महत्वपूर्ण कार्यसूचीमा सरकारको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को वार्षिक प्रतिवेदन सदनमा प्रस्तुत गर्ने सचिवालयले जनाएको छ।
व्यवस्थापन कार्य अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यसैगरी, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहितको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।
यसैगरी, आज राष्ट्रियसभाको बैठक पनि दिउँसो सवा १ बजे बस्ने कार्यक्रम रहेको छ।
What's Your Reaction?






