तीन विपक्षी दलका तीन माग, गृहमन्त्रीको राजीनामामा अडिग

काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री राजीनामा मागेर संसद् अवरोध गर्दै आएका विपक्षी दलहरू तीनबुँदे निष्कर्ष तयार पारी सभामुखसँग छलफल गर्दै छन् । आजको संसद् बैठक पनि अवरोध गर्ने तयारी गरेका उनीहरूले आपसमा छलफल गरी तीनबुँदे निष्कर्ष निकालेका हुन् । रास्वपाका अनुसार आज बिहान नेकपा माओवादी केन्द्र, रास्वपा र नेकपा एकीकृत समाजवादी पार्टीबीच भएको छलफलमा […]

Jun 3, 2025 - 07:40
 0
तीन विपक्षी दलका तीन माग, गृहमन्त्रीको राजीनामामा अडिग

काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री राजीनामा मागेर संसद् अवरोध गर्दै आएका विपक्षी दलहरू तीनबुँदे निष्कर्ष तयार पारी सभामुखसँग छलफल गर्दै छन् । आजको संसद् बैठक पनि अवरोध गर्ने तयारी गरेका उनीहरूले आपसमा छलफल गरी तीनबुँदे निष्कर्ष निकालेका हुन् ।

रास्वपाका अनुसार आज बिहान नेकपा माओवादी केन्द्र, रास्वपा र नेकपा एकीकृत समाजवादी पार्टीबीच भएको छलफलमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने, गृहमन्त्रीले राजीनामा दिनुपर्ने र प्रधानमन्त्रीले संसद्‌मा जवाफ दिनुपर्ने निष्कर्ष निकालिएको छ ।

आपसमा यो निष्कर्ष निकालेपछि उनीहरू सभामुखसँग छलफलमा गएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register