बुढासुब्बा गोल्डकप : एनआरटी क्लब सेमिफाइनलमा

धरान । केएफसिटी झापालाई ३–१ गोल अन्तरले हराउँदै एनआरटी क्लब काठमाडौं २५औँ अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । धरान रङगशालामा मंगलबार भएको खेलको ४८ औँ मिनेटमा एनआरटीका शिशिर लेखीले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । उनले रोबर्ट कोबिनाको पासमा गोल गरेका हुन् । खेलको ६०औँ मिनेटमा सरोज घिसिङले […]

Feb 4, 2025 - 16:09
 0
बुढासुब्बा गोल्डकप : एनआरटी क्लब सेमिफाइनलमा

धरान । केएफसिटी झापालाई ३–१ गोल अन्तरले हराउँदै एनआरटी क्लब काठमाडौं २५औँ अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

धरान रङगशालामा मंगलबार भएको खेलको ४८ औँ मिनेटमा एनआरटीका शिशिर लेखीले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । उनले रोबर्ट कोबिनाको पासमा गोल गरेका हुन् ।

खेलको ६०औँ मिनेटमा सरोज घिसिङले र ८० औँ मिनेटमा रोहन खड्गीले एनआरटीका लागि गोल गर्दै सहज जितका लागि सहयोग गरेका थिए । उता ६२ औँ मिनेटमा केएफसिटी झापाका खेलाडी रोबेर्ट खोङजो सात्वना गोल फर्काउन सफल भएका थिए ।

आजको खेलमा एनआरटीका शिशिर लेखी म्यान अफ दि म्याच घोषित भए । उनले ट्रफीसहित १० हजार नगद प्राप्त गरे । बुधबार आरटिसी भुटान र चर्च ब्याइज युनाइटेडबीच खेल हुनेछ ।

यही माघ २६ सम्म हुने प्रतियोगिताका विजेताले ट्रफीसहित रू १० लाख र उपविजेताले नगद रू पाँच लाख पुरस्कार पाउनेछन् । उत्कृष्ट खेलाडीले नगद रू एक लाख, सर्वाधिक गोलकर्ताले रू ३५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही रू २५ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register