बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक (सूचनासहित)

काठमाडौँ।  नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ। राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको ७० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्ने भएकाे हाे । राष्ट्र बैंकले वाणिज्य बैंकमा ५६ करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा १० करोड ५० लाख र राष्ट्रियस्तरका वित्त कम्पनीमा ३ करोड ५० […]

Jun 3, 2025 - 09:34
 0
बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक (सूचनासहित)

काठमाडौँ।  नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ। राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको ७० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्ने भएकाे हाे ।

राष्ट्र बैंकले वाणिज्य बैंकमा ५६ करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा १० करोड ५० लाख र राष्ट्रियस्तरका वित्त कम्पनीमा ३ करोड ५० लाख रुपैयाँ लगानी गर्ने भएकाे छ ।

यो रकम ३६६ दिनका लागि मुद्दति निक्षेपका रुपमा जम्मा गरिने राष्ट्र बैंकले जनाएको छ । साथै, यसरी राखिएको मुद्दती निक्षेपको ब्याज बैंक तथा वित्तीय संस्थाले मासिक रुपमा भुक्तानी गर्नुपर्नेछ।

इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले जेठ २१ गतेसम्म उचित ब्याजदर प्रस्ताव गरी दरखास्त आह्वान गर्न सक्नेछन् । सूचनासहित:

notice

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register