आमाले आफूसहित नवालक छोरालाई खुवाइन विष

राजविराज, १६ वैशाख । घरायसी विवादमा यहाँ एक महिलाले आफूसहित नवालक छोरालाई समेत विषपान गराएकी छन् । विष सेवनबाट गम्भिर अवस्थामा पुगेका उनका ४ बर्षीय छोरा सौरभको उपचारको क्रममा मृत्यू भएको छ भने आमाको अवस्था पनि गम्भिर रहेको प्रहरीले जनाएको छ । प्राप्त घट्ना विवरण अनुसार राजविराज नगरपालिका वडा नम्बर १ चनौरा घर भएका अनिल [...] The post आमाले आफूसहित नवालक छोरालाई खुवाइन विष appeared first on Jhapa Online.

Apr 29, 2025 - 08:57
 0
आमाले आफूसहित नवालक छोरालाई खुवाइन विष

राजविराज, १६ वैशाख । घरायसी विवादमा यहाँ एक महिलाले आफूसहित नवालक छोरालाई समेत विषपान गराएकी छन् ।

विष सेवनबाट गम्भिर अवस्थामा पुगेका उनका ४ बर्षीय छोरा सौरभको उपचारको क्रममा मृत्यू भएको छ भने आमाको अवस्था पनि गम्भिर रहेको प्रहरीले जनाएको छ ।

प्राप्त घट्ना विवरण अनुसार राजविराज नगरपालिका वडा नम्बर १ चनौरा घर भएका अनिल कुमार साफीको २५ बर्षीया श्रीमति काजल देवी साफीले घरायसी विवादका कारण नाम नखुलेको किरा मार्ने विषादी आफू समेत छोरालाई पनि खुवाएकी थिईन् ।

विष खुवाउँदा सिकिस्त भएका उनका ४ बर्षीय छोरालाई उपचारका लागि स्थानिय गजेन्द्रनारायण सिंह अस्पताल पु¥याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हुँदै विराटनगर स्थित नोवेल अस्पताल पु¥याईको र उपचारकै क्रममा उनको मृत्यू भएको जिल्ला प्रहरी कर्यालय सप्तरीका प्रवक्ता जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

विष सेवनबाट आमा काजल पनि अति सिकिस्त अवस्थामा रहेको र उनको उपचार नोवेल अस्पताल विराटनगरमा भईरहेको प्रहरीले जनाएको छ ।

घरायसी विवादका कारण उक्त घट्ना भएको भन्दै यस विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

The post आमाले आफूसहित नवालक छोरालाई खुवाइन विष appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register