भद्रपुरमा २१ योजनाका लागि संघीय सरकारको ४२ करोड

सन्तोष शर्माभद्रपुर, २६ जेठ । झापाको भद्रपुर नगरपालिकामा २१ वटा योजनाकाल लागि करिब रू ४२ करोड बढी बजेट संघीय सरकारले विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि संघीय सरकारले यहाँका विभिन्न २१ वटा योजना निर्माणार्थ रू ४१ करोड ९५ लाख बजेट विनियोजन गरेको भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले जानकारी दिनुभयो । भद्रपुर–६ [...] The post भद्रपुरमा २१ योजनाका लागि संघीय सरकारको ४२ करोड appeared first on Jhapa Online.

Jun 9, 2025 - 12:08
 0
भद्रपुरमा २१ योजनाका लागि संघीय सरकारको ४२ करोड

सन्तोष शर्मा
भद्रपुर, २६ जेठ ।
झापाको भद्रपुर नगरपालिकामा २१ वटा योजनाकाल लागि करिब रू ४२ करोड बढी बजेट संघीय सरकारले विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि संघीय सरकारले यहाँका विभिन्न २१ वटा योजना निर्माणार्थ रू ४१ करोड ९५ लाख बजेट विनियोजन गरेको भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले जानकारी दिनुभयो ।

नगरप्रमुख गणेश पोखरेल

भद्रपुर–६ स्थित राजवंशी भाषिक सांस्कृतिक विकास प्रतिष्ठानको संग्रहालय भवनका लागि रू तीन करोड, भद्रपुर–८ स्थित मेची रंगशालाका लागि रू तीन करोड, भद्रपुर–८ स्थित गिरिजाप्रसाद कोइराला स्मृति सभा गृहका लागि रू तीन करोड, भद्रपुर–५ र ६ सिटी गार्डेन–बहलमानपट्टि हुँदै झिम्की चोकसम्म सडक निर्माणार्थ रू तीन करोड, भद्रपुर–८ स्थित पृथ्वी नमूना विद्यालयको सभाकक्ष निर्माण गर्न रू तीन करोड बजेट विनियोजन गरेको नगरप्रमुख पोखरेलले बताउनुभयो ।

त्यस्तै, भद्रपुर–८ स्थित कृष्ण प्रणामी मन्दिरदेखि देवलाल राजवंशीको घरसम्मको सडक स्तरोन्नतीका लागि रू तीन करोड, भद्रपुर–८ भद्रशिवा टोलको तामाङको घरदेखि भद्रशिवा मन्दिरसम्म जोड्ने ढल निकाससहित मर्मत र स्तरोन्नती गर्न रू तीन करोड, भद्रपुर–९ स्थित माथेमामार्ग अन्तरगत लक्ष्मी चोक–मेथीबारी हुँदै पुष्पलाल मार्ग जोने सडक कालोपत्रे गर्नरू तीन करोड, भद्रपुर नगरपालिका–१० गौरीशंकर मार्ग निर्माणार्थ रू तीन करोड बजेट आउने भएको छ ।

यस्तै, भद्रपुर–२ र ३ स्थित किच्चकबध धार्मिक तथा ऐतिहासिकस्थल संरक्षण तथा पर्यटन पूर्वाधार निर्माणार्थ रू तीन करोड, भद्रपुर–१० स्थित चन्द्रगढ ऐतिहासिक पर्यटन क्षेत्र विकास योजनाका लागि रू तीन करोड, भद्रपुर–७ स्थित शंकटेश्वर सामुदायिक भवन निर्माण गर्न रू २५ लाख, भद्रपुर–१ स्थित पूर्बेली टोलबाट हिमाली स्कूल जाने ड्रेनसहितको सडकका लागि रू तीन करोड प्राप्त भएको छ ।

त्यसैगरी, झापा जिल्ला कारागारको ढल व्यवस्थापनका रू तीन करोड, भद्रपुर–७ स्थित जानकी मार्ग (विषम मिल दक्षिण केदार पोखरलेको घर हुँदै अन्जनीमोड जोड्ने सडक) का लागि रू ४० लाख, भद्रपुर–३ स्थित कालीबहादुर दक्षिण सञ्जु खेत हुँदै देउनिया खोला जाने सडकका लागि रू २५ लाख, भद्रपुर–९ र १० जोड्ने सडक स्तरोन्नतीका लागि रू ४० लाख बजेट प्राप्त हुने भएको छ ।

यसैगरी, भद्रपुर–१० स्थित फुलबारी–ताक्मारे सडक स्तरोन्नतीका लागि रू २५ लाख, भद्रपुर–१० स्थित बद्री मार्ग–अद्वैत मार्ग सडक स्तरोन्नतीका लागि रू २५ लाख, सेती खोलामा बक्स कल्भर्ट निर्मानार्थ रू २५ लाख र जिल्ला समन्वय समितिको एनेक्स भवन निर्माणार्थ रू ९० लाख प्राप्त भएको छ ।

The post भद्रपुरमा २१ योजनाका लागि संघीय सरकारको ४२ करोड appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register