झापामा लागुऔषधसहित ४३ महिनामा १३६५ जना पक्राउ

झापा, २३ फागनु । झापा लागुऔषध नियन्त्रणमा चुनौती थपिएँदै गएको छ । नेपाल–भारत खुला सीमाका कारण जिल्लामा लागुऔषध नियन्त्रणमा चुनौती थपिँदै गएको हो । लागुऔषधसँगै अपराधिक क्रियाकलाप नियन्त्रण गर्न पछिल्लो समय सीमाका नाका काँकरभिट्टा, बिर्तामोड र दमकमा तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको छ । तथापि, लागुऔषध कारोबारी र सेवनकर्ता पक्राउ गर्नेक्रम रोकिएको छैन । गत आर्थिक [...] The post झापामा लागुऔषधसहित ४३ महिनामा १३६५ जना पक्राउ appeared first on Jhapa Online.

Mar 7, 2025 - 02:22
 0
झापामा लागुऔषधसहित ४३ महिनामा १३६५ जना पक्राउ

झापा, २३ फागनु । झापा लागुऔषध नियन्त्रणमा चुनौती थपिएँदै गएको छ ।

नेपाल–भारत खुला सीमाका कारण जिल्लामा लागुऔषध नियन्त्रणमा चुनौती थपिँदै गएको हो । लागुऔषधसँगै अपराधिक क्रियाकलाप नियन्त्रण गर्न पछिल्लो समय सीमाका नाका काँकरभिट्टा, बिर्तामोड र दमकमा तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको छ । तथापि, लागुऔषध कारोबारी र सेवनकर्ता पक्राउ गर्नेक्रम रोकिएको छैन ।

गत आर्थिक वर्ष २०७८/०७९ देखि चालू आर्थिक वर्षको माघसम्मको ४३ महिनाको अवधिमा जिल्लामा लागुऔषध कारोबारी र प्रयोगकर्ता गरी एक हजार तीन ६५ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांक छ । प्रहरीले आठ सय ८४ वटा मुद्दामा उनीहरुमाथि कारबाहीसमेत अघि बढाएको छ ।

चालु आर्थिक वर्ष २०८१÷०८२ को माघसम्म सात महिनाको अवधिमा दुई सय ६० जना लागुऔषध कारोबारी र सेवनकर्ता पक्राउ परेका जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक विजय चौहानले जानकारी दिनुभयो । एक सय ८१ वटा लागुऔषधका मुद्दामा उनीहरु पक्राउ परेको उहाँले बताउनुभयो । पक्राउ परेकामध्ये धेरैजसो किशोर र युवा रहेको उहाँ बताउनुहुन्छ ।

प्रहरीले जिल्लाका विभिन्न स्थानबाट आर्थिक वर्ष २०७८÷०७९ मा तीन सय सात, आव २०७९÷०८० मा तीन सय ३६ र आव २०८०÷८१ मा चार सय ६२ जना लागुऔषध कोराबारी र सेवनकर्तालाई पक्राउ गरी कारबाही गरेको छ ।

भारतीय बजारसँग सीमा जोडिएको झापाको मेचीनगर, भद्रपुर, कचनकवल, झापा गाउँपालिक, गौरीगञ्ज, गौरादहबाट लागुऔषध कारोबारी तथा प्रयोगकर्ता भित्रिने गरेका छन् भने राजमार्गसँग जोडिएका स्थानहरु बिर्तामोड, शिवसताक्षी, कनकाई, दमक, काँकरभिट्टामा लागुऔषधको कारोबार र सेवनकर्ता बढी रहेका छन् । लागुऔषध नियन्त्रणका लागि जनचेतना अभिबृद्धि, छलफल, अन्तरक्रिया लगायतका कार्यक्रम गरिए पनि नियन्त्रण हुन सकेको छैन ।

The post झापामा लागुऔषधसहित ४३ महिनामा १३६५ जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register