एअर इन्डियाको विमान दुर्घटनापछि अहमदाबाद विमानस्थल बन्द

काठमाडौं । एअर इन्डियाको विमान दुर्घटनापछि भारतको गुजरातस्थित अहमदाबाद अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ । विमानस्थलका प्रवक्ताले बिहीबार दिउँसो एक विज्ञप्ति जारी गर्दै अर्को सूचना नभएसम्म सबै उडान स्थगित गर्ने निर्णय गरेको जनाएको बीबीसी हिन्दीमा समाचार छ । ‘अहमदाबादबाट लन्डन, ग्याटविकका लागि बिहीबार उडान भरेको एआई १७१ नम्बरको विमान केही समयपछि नै दुर्घटनाग्रस्त भयो । […]

Jun 12, 2025 - 13:00
 0
एअर इन्डियाको विमान दुर्घटनापछि अहमदाबाद विमानस्थल बन्द

काठमाडौं । एअर इन्डियाको विमान दुर्घटनापछि भारतको गुजरातस्थित अहमदाबाद अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ ।

विमानस्थलका प्रवक्ताले बिहीबार दिउँसो एक विज्ञप्ति जारी गर्दै अर्को सूचना नभएसम्म सबै उडान स्थगित गर्ने निर्णय गरेको जनाएको बीबीसी हिन्दीमा समाचार छ ।

‘अहमदाबादबाट लन्डन, ग्याटविकका लागि बिहीबार उडान भरेको एआई १७१ नम्बरको विमान केही समयपछि नै दुर्घटनाग्रस्त भयो । फलस्वरुप, सरदार वल्लभ भाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थल हाल बन्द छ । अर्को सूचना नभएसम्म सबै उडान रद्द गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

थप जानकारी उपलब्ध हुने बित्तिकै यात्रुहरूलाई खबर गरिने विमानस्थलले जनाएको छ ।

‘यात्रुहरूले विमानस्थलमा आइपुग्नुअघि आफ्नो एअरलाइन्ससँग पछिल्लो जानकारीका लागि जाँच गर्नुपर्छ । हामी तपाईंको सहयोग र धैर्यताका लागि अनुरोध गर्दछौं । थप जानकारी उपलब्ध हुनेबित्तिकै तपाईंहरूलाई जानकारी प्रदान गरिने छ,’ विज्ञप्तिमा उल्लेख छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register