विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभाबाट असार १५ भित्रै पारित हुन्छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकार र नेपाल शिक्षक महासंघबीच भएको सहमतिबमोजिम विद्यालय शिक्षा विधेयक पारित हुने बताएका छन् । बिहीबार आयोजित नेपाल शिक्षक संघको २४ औं संघीय कार्यसमिति बैठकको उद्घाटन समारोहमा उनले आगामी असार १५ गतेभित्र प्रतिनिधिसभाबाट विद्यालय शिक्षा विधेयक पारित हुने प्रतिबद्धता व्यक्त गरेका हुन् । ‘असारको १५ गतेभित्र शिक्षा विधेयकलाई पारित गर्ने […]

Jun 12, 2025 - 13:00
 0
विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभाबाट असार १५ भित्रै पारित हुन्छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकार र नेपाल शिक्षक महासंघबीच भएको सहमतिबमोजिम विद्यालय शिक्षा विधेयक पारित हुने बताएका छन् । बिहीबार आयोजित नेपाल शिक्षक संघको २४ औं संघीय कार्यसमिति बैठकको उद्घाटन समारोहमा उनले आगामी असार १५ गतेभित्र प्रतिनिधिसभाबाट विद्यालय शिक्षा विधेयक पारित हुने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

‘असारको १५ गतेभित्र शिक्षा विधेयकलाई पारित गर्ने भनेका छौँ । यो तिथिमितिमा सरकारले प्रतिबद्धता गरेको हो । असार १५ गते नै प्रतिनिधिसभाबाट पारित हुन सक्ने अवस्था बन्छ,’ उनले भने ।

केही विपक्षी दलका मानिसहरूले औचित्यहीन मुद्दा उठाएर प्रतिनिधिसभा बैठक अवरुद्ध भइरहेको भन्दै गृहमन्त्री लेखकले रोष प्रकट गरे ।

‘संसद् अवरुद्ध गर्नुपर्ने कुनै कारण छैन । कुनै अर्थ छैन । कुनै औचित्य छैन । केही प्रतिपक्ष दलमा रहेका मानिसहरू षड्यन्त्रपूर्ण ढंगले राजनीतिक आग्रह र पूर्वाग्रह राखेर मुद्दा उठाइराख्नु भएको छ,’ उनले भने, ‘यो सबैका बीचमा देखिएको छ । एउटा कर्मचारीमाथि भइरहेको छ । त्यसलाई सरकारसँग जोडेर अनावश्यक ढंगले बखेडा झिकेर संसद अवरुद्ध गरिएको छ । यो अवरोध चाँडै हट्नुपर्छ ।’

संसद्को अवरोध हटिसकेपछि असार १५ गतेभित्र शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित गरेर अगाडि बढाउने गृहमन्त्री लेखकले विश्वास दिलाए ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register