एघार वर्षको पर्खाइपछि टेस्ट मान्यता टिमसँगको द्विपक्षीय शृंखला, काठमाडौं छोडेर किन शारजहाँ छानियो ?

काठमाडौं । २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकपमा छनोट भएसँगै नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईआईसीसी) ले टी–२० आई खेल्न मान्यता दियो । तर, नेपालले आईसीसीका पूर्ण सदस्यसँग द्विपक्षीय शृंखला खेल्न ११ वर्ष कुर्नु परेको छ । यसअघि नेपालले आफू जस्तै एसोसिएट्स टिमसँग द्वपक्षीय खेल खेले पनि टेस्ट मान्यता प्राप्त टिमसँग द्विपक्षीय शृंखला खेल्ने अवसर पाएको […]

Jun 12, 2025 - 13:52
 0
एघार वर्षको पर्खाइपछि टेस्ट मान्यता टिमसँगको द्विपक्षीय शृंखला, काठमाडौं छोडेर किन शारजहाँ छानियो ?

काठमाडौं । २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकपमा छनोट भएसँगै नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईआईसीसी) ले टी–२० आई खेल्न मान्यता दियो । तर, नेपालले आईसीसीका पूर्ण सदस्यसँग द्विपक्षीय शृंखला खेल्न ११ वर्ष कुर्नु परेको छ । यसअघि नेपालले आफू जस्तै एसोसिएट्स टिमसँग द्वपक्षीय खेल खेले पनि टेस्ट मान्यता प्राप्त टिमसँग द्विपक्षीय शृंखला खेल्ने अवसर पाएको थिएन ।

बिहीबार नेपाल क्रिकेट संघ (क्यान) ले दुईपटकको ओडीआई र दुईपटकको टी–२० विश्वकप जितेको क्यारेबियन टिम वेस्टइन्डिजसँग द्विपक्षीय शृंखलाको खेलतालिका सार्वजनिक गरेको छ । नेपाली क्रिकेटमा यो शृंखला ऐतिहासिक मानिएको छ । क्यानका सचिव पारस खड्काले नेपालको क्रिकेट यात्राका लागि यो शृंखलालाई ऐतिहासिक कोशेढुंगा भनेका छन् ।

किन पनि यो ऐतिहासिक हो भने हालसम्म नेपालले खेल्न लागेको यो सबैभन्दा ठूलो द्विपक्षीय शृंखला हो । यसअघि नेपालले दुईपटक टी–२० विश्वकप खेल्दा आईसीसीका पूर्ण सदस्यसँग टी–२० आई खेल्ने मौका पाएको छ । यस्तै ओडीआई विश्वकको ग्लोबल छनोटमा पुग्दा वेस्टइन्डिज र जिम्बाब्बेसँग तथा एसिया कप खेल्दा भारत र पाकिस्तानसँग ओडीआई खेल्ने मौका पाएको थियो ।

क्यानका प्रवक्ता छुम्बि लामा वेस्टइन्डिजसँगको शृंखला नेपालका लागि महत्त्वपूर्ण रहेको बताउँछन् । उनले नेपालभ्युजसँग भने, ‘नेपालले यसअघि गरेका वैदेशिक टुरमा यो सबैभन्दा ठूलो र महत्त्वपूर्ण हो । यसअघि हामीले टेस्ट टिमसँग द्विपक्षीय शृंखला खेल्ने अवसर पाएका थिएनौँ ।’

नेपालले पहिलोपटक वेस्टइन्डिजसँग द्विपक्षीय शृंखला खेल्न लागेको मात्र होइन, यसको होस्ट पनि नेपाल नै हो । क्यानको आग्रहमै क्रिकेट वेस्टइन्डिजले द्विपक्षीय शृंखलाका लागि समय दिएको हो । तर, आयोजक नेपाल हुँदा पनि खेल कीर्तिपुर वा मूलपानीमा भने हुने छैनन् । खेल न्युट्रल भेन्युमा हुनेछ । खेल यूएईको शारजहाँ मैदानमा हुनेछन् । नेपाल आयोजक भए पनि नेपालमा खेल आयोजना गर्न नसक्नुमा पूर्वाधार मुख्य कारण रहेको क्यानले बताएको छ । प्रवक्ता लामाले भने, ‘खेल नेपालमै नहुनुमा तीन–चार कारण छन् । एक उहाँहरू (वेस्टइन्डिज) को आग्रह हो । ट्रभालको कुरा छ । पूर्वाधार मुख्यकुरा हो ।’

अहिले कीर्तिपुर मैदानको स्तरउन्नोतिको काम चलिरहेको छ । शृुंखला हुने आगामी सेप्टेम्बरसम्म त्यो काम पूरा भएर खेल आयोजना गर्न सकिने अवस्थामा हुन्छ वा हुँदैन, ठेगान छैन । लामा भन्छन्, ‘हामीसँग पूर्वाधार नै छैन त भन्न मिलेन । तर, हाम्रो मैदानमा काम चलिरहेको छ । त्यसैले पनि शारजहाँमा गर्नुपर्ने अवस्था आयो ।’

वेस्टइन्डिज कस्तो टिम हो ?

हरेक देशका एक टिम हुने भए पनि वेस्टइन्डिज भने कुनै एक देशको टिम होइन । यो क्यारेबियन टापु देशहरूको साझा टिम हो । यो टिमममा सातवटा मुलुक समेटिएका छन् । एन्टिगुवा एन्ड बर्बुडा, बार्बाडोस, डोमिनिका, ग्रेनेडा, गुयना, जमैका र सेन्ट लुसिया मिलेटर वेस्टइन्डिज क्रिकेट बोर्ड बनेको छ । कुनैबेला ब्रिटिस कोलोनी रहेका यी मुलुकहरूले क्रिकेटलाई अंग्रेजमाथि जितको रूपमा लिन्थे । सन् १९७४ र १९७८ को ओडीआई विश्वकप वेस्टइन्डिजले जितेको थियो । त्यसपछि विश्वक्रिकेटमा वेस्टइन्डिजको दबदबा कायम भएको थियो ।

क्रिकेटको सबैभन्दा पछिल्लो प्रारूप टी–२० त वेस्टइन्डिजका लागि खेलाडीका लागि वरदान सावित भएको छ । वेस्टइन्डजले टी–२० विश्वकप पनि दुईपटक जितेको छ । र विश्वभर आयोजना हुने फ्रेन्चाइज टी–२० लिगहरूमा वेस्टइन्डिजका खेलाडीहरूको माग हुने गर्छ । र दबदबा पनि उनीहरूकै हुन्छ ।

खेल तालिका

२७ सेप्टेम्बर

२८ सेप्टेम्बर

३० सेप्टेम्बर

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register