एअर इन्डिया विमान दुर्घटनामा २०४ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । भारतको अअहमदावादमा बिहीबार भएको एअर इन्डियाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २०४ पुगेको छ । २३० यात्रु र १२ जना क्रु मेम्बरसहित २४२ जना रहेको विमान लन्डनका लागि उडेको केही मिनेटमै दुर्घटनामा परेको थियो । बीबीसीले भारतीय प्रहरीको हवला दिँदै मृत्यु हुनेको संख्या पुष्टि गरेको छ । अहमदावादका पुलिस कमिश्नर जीएस मलिकले २०४ […]

Jun 12, 2025 - 14:27
 0
एअर इन्डिया विमान दुर्घटनामा २०४ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । भारतको अअहमदावादमा बिहीबार भएको एअर इन्डियाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २०४ पुगेको छ । २३० यात्रु र १२ जना क्रु मेम्बरसहित २४२ जना रहेको विमान लन्डनका लागि उडेको केही मिनेटमै दुर्घटनामा परेको थियो ।

बीबीसीले भारतीय प्रहरीको हवला दिँदै मृत्यु हुनेको संख्या पुष्टि गरेको छ । अहमदावादका पुलिस कमिश्नर जीएस मलिकले २०४ जनाको शव फेला परेको बताएका छन् । उनले ४१ जनाको अस्पतालमा उपचार भइरहेको बताएका छन् । सो विमान चिकित्सकहरू बस्ने एक छात्रावासमा खसेको थियो । त्यसैले मृत्यु हुनेमा छात्रावासमा रहेकाहरू पनि हुन सक्ने जनाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register