प्रतिपक्षीले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक शुक्रबारसम्मका लागि स्थगित

काठमाडाैं । प्रतिपक्षीले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ । बिहीबार प्रतिनिधिसभा सुरु हुने बितिकै प्रतिपक्षी दलका सांसदहरू उठेर विरोध जनाएका थिए । भिजिट भिसा प्रकरणमा छानविन समिति गठन गर्नुपर्ने माग राख्दै उनीहरुले विरोध जनाएका हुन् । उनीहरुले विरोध जनाएपछि सभामुख देवराज घिमिरेले संसद् सांसदहरूको बोल्ने थलो भएकाले जनताको मुद्दामाथि बहस गर्ने […]

Jun 12, 2025 - 14:27
 0
प्रतिपक्षीले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक शुक्रबारसम्मका लागि स्थगित

काठमाडाैं । प्रतिपक्षीले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ ।

बिहीबार प्रतिनिधिसभा सुरु हुने बितिकै प्रतिपक्षी दलका सांसदहरू उठेर विरोध जनाएका थिए । भिजिट भिसा प्रकरणमा छानविन समिति गठन गर्नुपर्ने माग राख्दै उनीहरुले विरोध जनाएका हुन् । उनीहरुले

विरोध जनाएपछि सभामुख देवराज घिमिरेले संसद् सांसदहरूको बोल्ने थलो भएकाले जनताको मुद्दामाथि बहस गर्ने वातावरण बनाउन आग्रह गरे ।

संघर्षको स्वरुप परिवर्तन गर्दै संसद् सञ्चालन हुने अवस्था सिर्जना गर्नसमेत उनले आग्रह गरे । प्रतिपक्षी दलका सांसदले निरन्तर उठेर विरोध जनाएपछि सभामुख घिमिरले कार्यसूचीमा रहेका कार्यक्रमलाई हटाउँदै शुक्रबार १ बजे बस्नेगरि स्थगित गरेका हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register