एयर इन्डिया विमान दुर्घटनाबाट बाँच्न सफल यात्रुले भने– उडेको ३० सेकेन्डमै समस्या सुरु भयो

अहमदाबाद । भारतको अहमदाबादमा भएको बिहीबार भएको एअर इन्डियाको विमान दुर्घटनामा एक यात्रु बाँच्न सफल भएका छन् । बेलायती नागरिक ४० वर्षीय विश्वासकुमार रमेश बाँच्न सफल भएको हिन्दुस्थान टाइम्समा समाचार छ । हाल उनी असारवास्थित सिभिल अस्पतालको सामान्य वार्डको एउटा बेडमा उपचाररत छन् । विश्वासले विमान उडेको १० सेकेन्डमा समस्या सुरु भएको बताएका छन् । […]

Jun 12, 2025 - 16:45
 0
एयर इन्डिया विमान दुर्घटनाबाट बाँच्न सफल यात्रुले भने– उडेको ३० सेकेन्डमै समस्या सुरु भयो

अहमदाबाद । भारतको अहमदाबादमा भएको बिहीबार भएको एअर इन्डियाको विमान दुर्घटनामा एक यात्रु बाँच्न सफल भएका छन् ।

बेलायती नागरिक ४० वर्षीय विश्वासकुमार रमेश बाँच्न सफल भएको हिन्दुस्थान टाइम्समा समाचार छ ।

हाल उनी असारवास्थित सिभिल अस्पतालको सामान्य वार्डको एउटा बेडमा उपचाररत छन् ।

विश्वासले विमान उडेको १० सेकेन्डमा समस्या सुरु भएको बताएका छन् ।

‘उडेको ३० सेकेन्डमै ठूलो आवाज आयो र त्यसपछि विमान खस्यो । सबै कुरा यति चाँडो भयो कि सोच्नै सकिएन,’ उनले भने ।

दुर्घटनाबाट घाइते भएका विश्वासलाई लाई छाती, आँखा र खुट्टामा चोट लागेको छ ।

बिहीबार दिउँसो १ः५४ बजे उडेर बेलायतको ग्याटविकतर्फ जान लागेको एयर इन्डियाको बोइङ ७८७–८ ड्रिमलाइनर विमान केही मिनेटमै दुर्घटनाग्रस्त भएर आगो लागेको थियो ।

जीवित रहन सफल विश्वास केही दिनका लागि भारत आएका थिए । उनी आफ्ना ४५ वर्षीय दाजु अजयकुमार रमेशसँगै फर्किँदै थिए ।

विमानमा चालक दलका सदस्यसहित २४२ जना सवार थिए । अन्य कोही पनि जीवित भएको पुष्टि भएको छैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register