स्टार्टअपलाई प्रोत्साहन गर्न ७३ करोड विनियोजन
काठमाडौं । स्टार्टअपलाई प्रोत्साहन गर्न ७३ करोड रुपैयाँ विनियोजन हुने भएको छ । बिहीबार प्रतिनिधिसभामा आगामी आवको लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले स्टार्टअपलाई प्रोत्साहन गर्न बजेट छुट्याउन लागिएको बताएका हुन् । उनले जेन जी पुस्तालाई उद्यमशील र व्यावसायिक बनाउन सरकार, विश्वविद्यालय र निजी क्षेत्रको सहकार्यमा इन्क्युड एशोसेन्टर सञ्चालन गरिने बताए । ‘सीप विकास, […]

काठमाडौं । स्टार्टअपलाई प्रोत्साहन गर्न ७३ करोड रुपैयाँ विनियोजन हुने भएको छ । बिहीबार प्रतिनिधिसभामा आगामी आवको लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले स्टार्टअपलाई प्रोत्साहन गर्न बजेट छुट्याउन लागिएको बताएका हुन् ।
उनले जेन जी पुस्तालाई उद्यमशील र व्यावसायिक बनाउन सरकार, विश्वविद्यालय र निजी क्षेत्रको सहकार्यमा इन्क्युड एशोसेन्टर सञ्चालन गरिने बताए ।
‘सीप विकास, व्यवसाय विस्तार, बजारीकरण र मूल्य श्रृंङ्खलामा आबद्ध गर्न सहुलियतपूर्ण कर्जा कार्यक्रम सुरु गरिने छ । जसका लागि ३ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था मिलाइने छ,’ पौडेलले भने ।
What's Your Reaction?






