मधेस प्रदेशसभा सदस्य सिंह पक्राउ

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशसभा सदस्य सरोजकुमार सिंहलाई पक्राउ गरेको छ । आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, सिंहलाई काठमाडौँ महानगरपालिका–१० रत्नराज्य स्कुल नजिकबाट पक्राउ गरिएको हो ।

Jun 12, 2025 - 17:42
 0
मधेस प्रदेशसभा सदस्य सिंह पक्राउ

काठमाडौँ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशसभा सदस्य सरोजकुमार सिंहलाई पक्राउ गरेको छ । आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, सिंहलाई काठमाडौँ महानगरपालिका–१० रत्नराज्य स्कुल नजिकबाट पक्राउ गरिएको हो ।

विभिन्न उपभोक्ता समिति गठन गरेको देखाई उनीहरुको खातामा दाखिला भएको रकम आफ्नो निजी सचिव विनोदकुमार लाल कायस्थमार्फत झिकी बदमासी गरेको पाइएको आयोगले जनाएको छ ।

सो रकम आफ्नो र श्रीमतीको खातामा राखी भ्रष्टाचार गरेको आयोगको दाबी छ । प्रदेशसभा सदस्य सिंहमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register