दुर्गा प्रसाई थुनामा : रवीन्द्र मिश्र र धवल शमशेरलाई के हुन्छ ?

काठमाडौं । तीनकुने घटना सम्बन्धी मुद्दामा लामो थुनछेक बहसपछि बिहीबार अबेर राती काठमाडौं जिल्ला अदालतले दुर्गा प्रसाईसहित ७ जना प्रतिवादीलाई थुनामा र ३२ जनालाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ । तर, त्यही तीनकुने घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवल शमशेर जबरा र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको बारेमा […]

Jun 12, 2025 - 21:16
 0
दुर्गा प्रसाई थुनामा : रवीन्द्र मिश्र र धवल शमशेरलाई के हुन्छ ?

काठमाडौं । तीनकुने घटना सम्बन्धी मुद्दामा लामो थुनछेक बहसपछि बिहीबार अबेर राती काठमाडौं जिल्ला अदालतले दुर्गा प्रसाईसहित ७ जना प्रतिवादीलाई थुनामा र ३२ जनालाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।

तर, त्यही तीनकुने घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवल शमशेर जबरा र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको बारेमा भने थुनछेक आदेशमा कुनै उल्लेख छैन ।

अदालत स्रोतका अनुसार बयानका क्रममा अदालतमा उपस्थित नभएका मिश्र र जबरालाई अदालतले फरार प्रतिवादीको रूपमा राखेको छ । सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दायर गरेको बेला पनि उनीहरू उपस्थित भएका थिएनन् ।

प्रहरीको हिरासतमा भएकै बेला रवीन्द्र मिश्रले बन्दी प्रत्यक्षीकरण रिट लिएर सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्च अदालतले उनलाई हिरासत मुक्त गर्न भनेको थियो र हाजिर जमानीमा छोड्न आदेश दिएको थियो । यसका बाबजुद उनी काठमाडौं जिल्ला अदालतमा भने उपस्थित भएका छैनन् ।

यता, धवल शमशेर जबरालाई प्रहरीले नै हाजिर जमानीमा छोडेको थियो । उनी क्यान्सर उपचार गराउन भन्दै भारत गएका थिए र नेपाल फर्किसकेका छन् । तर, अदालतमा भने उपस्थित भएका छैनन् ।

अदालत प्रशासनका अनुसार मिश्र र जबरालाई फरार प्रतिवादीको हकमा पक्राउ पुर्जी जारी हुनेछ । यसको मतलब उनीहरूलाई अदालतमा उपस्थित गराउन प्रहरीले खोजी र पक्राउ गर्न सक्नेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register