मलेखु–मुग्लिन सडकखण्ड आजदेखि असार ७ गतेसम्म साढे ५ घण्टा बन्द हुने

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत मलेखु–मुग्लिन सडकखण्ड आजदेखि असार ७ गतेसम्म साढे ५ घण्टा बन्द हुने  भएको छ । आजबाट राति १०ः३० बजेदेखि बिहान ३ बजेसम्म अत्यावश्यक बाहेकका सवारीसाधन बन्द हुने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । मलेखु–मुग्लिन सडक खण्डस्थित बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसीसी बिम राख्ने काम भइरहेकाले […]

Jun 13, 2025 - 02:55
 0
मलेखु–मुग्लिन सडकखण्ड आजदेखि असार ७ गतेसम्म साढे ५ घण्टा बन्द हुने

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत मलेखु–मुग्लिन सडकखण्ड आजदेखि असार ७ गतेसम्म साढे ५ घण्टा बन्द हुने  भएको छ । आजबाट राति १०ः३० बजेदेखि बिहान ३ बजेसम्म अत्यावश्यक बाहेकका सवारीसाधन बन्द हुने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

मलेखु–मुग्लिन सडक खण्डस्थित बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसीसी बिम राख्ने काम भइरहेकाले जेठ ३० गतेदेखि असार ७ सम्म रातिको समयमा सवारीसाधन आंशिक बन्द हुने सूचनामा उल्लेख छ ।

मलेखुतर्फबाट मुग्लिन छिर्ने भारी सवारी साधनहरू मुग्लिन र हलुका सवारी साधनहरू कुरिनटारमा यसैगरी मलेखुतर्फबाट मुग्लिन छिर्ने भारी सवारी साधनहरू मलेखु र हलुका सवारीसाधनहरू शितलबजारमा रोकिने सूचनामा जनाइएको छ ।  ती स्थानहरुमा रोकिने सवारी साधनलाई बिहान ३ बजेपछि मात्रै छोडिनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register