देउवाले शिक्षकहरुको तलब बढाउन पहल गर्ने !  

काठमाडौँ । पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले शिक्षकहरुको तलब बढाउन पहल गर्ने बताएका छन् । नेपाल शिक्षक संघको २४औँ संघीय प्रतिनिधि सभालाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् ।  उनले हाल नेपालको अर्थतन्त्र कमजोर रहेको र अर्थमन्त्रीले पैसा छैन भनिरहेको भन्दै शिक्षकहरुका जायज माग सम्बोधन गर्न सरकारसँग कुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । महँगी […]

Jun 13, 2025 - 02:55
 0
देउवाले शिक्षकहरुको तलब बढाउन पहल गर्ने !  

काठमाडौँ । पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले शिक्षकहरुको तलब बढाउन पहल गर्ने बताएका छन् । नेपाल शिक्षक संघको २४औँ संघीय प्रतिनिधि सभालाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् । 

उनले हाल नेपालको अर्थतन्त्र कमजोर रहेको र अर्थमन्त्रीले पैसा छैन भनिरहेको भन्दै शिक्षकहरुका जायज माग सम्बोधन गर्न सरकारसँग कुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । महँगी बढेको र अहिलेको पारिश्रमिकले नपुग्ने भन्दै शिक्षकको तलब बढाउन पहल गर्ने देउवाले बताएका छन् । 

‘अर्थतन्त्रले पनि धान्नुपर्यो । अर्थमन्त्री भन्छन् पैसा नै छैन । शिक्षक साथीहरुलाई तलब बढाउन परेको छ । समयअनुसार धेरै महँगी बढेको छ । तलबले पुग्दैन ।’, देउवाले भने, ‘म पनि सरकारसँग कुरा गरौँला । शिक्षकका जायज मागहरुलाई केही हदसम्म भएपनि पूरा गर्ने विश्वास लिएको छु । म पनि यसमा लाग्नेछु ।’

त्यस्तै, उनले शिक्षकहरुले नेपालको राजनीतिक आन्दोलन बाहेक पनि अन्य धेरै विषयमा सहयोग गरिरहेको बताएका छन् । उनले शिक्षक आन्दोलनका मागहरु अझै पूरा हुन बाँकी रहेको बताए । शिक्षकहरुको तलब मात्र नभइ प्रोटोकल सम्बन्धी पनि माग रहेको देउवाले बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register