बिहीबार १९.०४ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बिहिबार नेप्से परिसूचक १९.०४ अंकले बढेर २६८८.५५ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३१४ कम्पनीको २ करोड २३ लाख ९६ हजार ३२९ कित्ता सेयर खरिद बिक्री हुँदा रू.९ अर्ब ८२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार […]

May 22, 2025 - 10:53
 0
बिहीबार १९.०४ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बिहिबार नेप्से परिसूचक १९.०४ अंकले बढेर २६८८.५५ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३१४ कम्पनीको २ करोड २३ लाख ९६ हजार ३२९ कित्ता सेयर खरिद बिक्री हुँदा रू.९ अर्ब ८२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार ङादी ग्रुप पावर लिमिटेडको भएको छ । यस कम्पनीको ६९ करोड १ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

बुधबारको बजारमा ओम मेगाश्रीका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, बाराही हाइड्रोपावर पब्लिक लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register