कार्यपालिका बैठक नबोलाउने, नगरसभा बोलाउने

–उपमेयर डंगोलसहित वडाअध्यक्षको त्यसमा असहमत–प्रहरी प्रमुख पाण्डे हटाएपछि आक्रोश–बैठक कहिले राख्ने अनिश्चित काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले कार्यपालिका बैठक नबोलाएर नगरसभामात्र बोलाउनेगरी सहमतिमा जान आग्रह गर्नुभएको छ । कानुनतः नीति तथा कार्यक्रम र बजेट पारित गर्न नगर कार्यपालिका बैठक र नगरसभा दुवै अनिवार्य छ । तर, मेयर साहले कार्यपालिकाको बैठक आवश्यक नभएको तर्क […]

Jun 13, 2025 - 04:00
 0
कार्यपालिका बैठक नबोलाउने, नगरसभा बोलाउने


–उपमेयर डंगोलसहित वडाअध्यक्षको त्यसमा असहमत
–प्रहरी प्रमुख पाण्डे हटाएपछि आक्रोश
–बैठक कहिले राख्ने अनिश्चित

काठमाडौं

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले कार्यपालिका बैठक नबोलाएर नगरसभामात्र बोलाउनेगरी सहमतिमा जान आग्रह गर्नुभएको छ । कानुनतः नीति तथा कार्यक्रम र बजेट पारित गर्न नगर कार्यपालिका बैठक र नगरसभा दुवै अनिवार्य छ । तर, मेयर साहले कार्यपालिकाको बैठक आवश्यक नभएको तर्क राख्नुभएको छ ।

करिब अढाइ महिनादेखि बोलचालसमेत गर्न छाडेका मेयर साहले बुधबार उपमेयर सुनिता डंगोल र ३ जना वडाअध्यक्षसँग छलफल गर्नुभएको थियो । छलफलमा मेयर साहले प्रमुख प्रशासकीय अधिकृत सरोजगुरागाईलाई सरुवा गर्ने कुरा गर्दा उपमेयर सुनिता डंगोल र ३ जना वडा अध्यक्षले सामूहिक धारणा राख्दै त्यो मान्य नहुने जवाफ दिएको बताइएको छ । त्यसपछि साहले छलफल बजेटतिर मोड्नु भएको थियो ।

उपमेयर डंगोलसहित ३ जना वडाअध्यक्षको बैठकमा निष्कर्ष निस्किन नसकेपछि मेयर साहले उपमेयरसँग छुट्टै बसेर निर्णय गर्ने बताउनुभएको थियो । मेयर साह र उपमेयर डंगोलबीच बुधबार बसेको बैठकबाट कुनै पनि निर्णय नभएपछि बिहीबार पुनः बैठक बस्ने तय भएको थियो । तर, उपमेयरको व्यवस्तताका कारण रोकिएको र अब केही दिनपछि बसेर नगर परिषद्को बैठकको मिति तय हुने कामपा स्रोतले जनाएको छ ।

नगर परिषद्को बैठकले बजेट पारित गर्नुअघि मेयर साह अध्यक्ष रहेको स्रोत अनुमान समितिको बैठक बस्नुपर्छ । सो बैठकले गरेका निर्णय कार्यान्वयन गर्न उपमेयर संयोजक रहेको बजेट तर्जुमा समितिको बैठक बस्नुपर्ने कानुनी व्यवस्था छ । दुवै बैठकले पारित गरेको बजेट नीति तथा कार्यक्रम कार्यान्वयन गर्न नगर परिषद्को बैठक बस्नुपर्ने व्यवस्था छ । हालसम्म कुनै पनि समितिको बैठक बसेको छैन । मेयर साह प्रपअ गुरागाईंलाई नहटाएसम्म कार्यपालिका र नगर सभाको बैठक नराख्ने पक्षमा देखिनुभएको छ । नगरसभाका एक सदस्यले मेयरको भनाई उद्धृत गर्दै नेपाल समाचारपत्रसँग भने– ‘नगरसभा बसे पनि कार्यपालिका बस्न सक्दैन ।’

सचिवालयको कारण बदनामी कमाउन थालेका मेयर साहले नजिकका सबै कर्मचारीलाई मेयर साहको निर्देशनमा कानुनविपरीत दिएको अधिकार कटौती गरेपछि प्रमुख प्रसासकीय अधिकृत गुँरागाईसँग आक्रोशित हुनुहन्छ । आफैंले ५ लाख रुपियाँ जरिवाना तिराएर कानुनी प्रक्रिया अघि बढाउन निर्देशन दिएको काठमाडौं टावरको नक्सा पास गरेको झोकमा प्रपअ गुरागाईलाई कारबाही गर्नुभएको थियो ।

राजु पाण्डेलाई निलम्बन गरेको विषयमा चर्को कुराकानी भयो । पछिल्लो समय मेयरका सल्लाकारले गरेका कानुनविपरीतका कामको विषयमा चर्को बहस भएको स्रोतले बतायो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विदेश भ्र्रमण काण्डको छानबिन गरिरहेको बेला मेयर साहले उपमेयर डंगोलसहित तीनपार्टीका वडाअध्यक्षसँग भेट गर्नुभएको थियो । बैठक चलि नै रहँदा अख्तियारले अघिल्ला प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको थियो ।

बैठकमै आत्तिएका मेयर साहले सबैको मुख हेराहेर गर्नुभएको एक सहभागीले बताए । मेयर साहकै दबाबमा कम दरमा टेन्डर हालेको समानान्तरको ठेक्का तोडेर करिब ४ करोड बढीमा टेन्डर हालेकालाई ठेक्का दिएको थियो । बैठकमा यो विषयमा पनि गम्भीर छलफल भएको थियो । बैठकमा मेयर साहको जोडबलमा मनपरी काम गरिरहेका सहरी व्यवस्थापन विभाग प्रमुख हरिश्चन्द्र लामिछाने, सहरी योजना आयोगबाट नक्सामा आएका मेयर सचिवालयका सन्तोष पाण्डे, खरिद इकाई प्रमुख रामरतन साहको अधिकार कटौती गरेपछि मेयर साह प्रपअसँग आक्रोशित हुनुभएको छ । यस्तै, घटनाको बदला लिन मेयर साहले प्रपअलाई हटाउन चाहनुभएको छ ।

तर, मेयरबाहेक ४१ कार्यपालिकाका सदस्य प्रपअ गुरागाईलाई सरकारले सरुवा नगरेसम्म हटाउन नहुने पक्षमा छन् । मेयर साहले उपमेयर डंगोलसहित सबै वडाअध्यक्षप्रति नचाहिँदो कारबाही गर्न खोजेपछि सबै कार्यपालिका सदस्य मेयर साहको विरोधमा छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register