इजरायलमा इरानको आक्रमणमा परी २१ जना घाइते

काठमाडौं । इजरायलको आपत्‌कालीन सेवा मेगन डेभिड एडोम (एमडीए) ले इरानी हवाई आक्रमणमा घाइते भएका २१ जनालाई अस्पताल भर्ना गरिएको जनाएको छ । यी आक्रमणहरू इजरायलको मध्य तटीय क्षेत्रमा भएका थिए । एमडीएले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा जानकारी गराएको छ, “घाइतेमध्ये एकको अवस्था अत्यन्तै गम्भीर छ । केही मानिसहरू गम्भीर घाइते छन् भने अरूलाई सामान्य […]

Jun 14, 2025 - 06:56
 0
इजरायलमा इरानको आक्रमणमा परी २१ जना घाइते

काठमाडौं । इजरायलको आपत्‌कालीन सेवा मेगन डेभिड एडोम (एमडीए) ले इरानी हवाई आक्रमणमा घाइते भएका २१ जनालाई अस्पताल भर्ना गरिएको जनाएको छ ।

यी आक्रमणहरू इजरायलको मध्य तटीय क्षेत्रमा भएका थिए ।

एमडीएले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा जानकारी गराएको छ, “घाइतेमध्ये एकको अवस्था अत्यन्तै गम्भीर छ । केही मानिसहरू गम्भीर घाइते छन् भने अरूलाई सामान्य चोटपटक लागेको छ ।”

इजरायलले शुक्रबार इरानका विभिन्न स्थानमा आक्रमण गरेपछि बदलामा इरानले इजरायलमाथि ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो ।

इजरायली आक्रमणपछि इरानका सर्वोच्च नेता अली खामेनीले इजरायललाई ठूलो क्षति पुर्‍याउने बताएका थिए । –बीबीसीबाट

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register