बाजुराको बाम्का बजार भएको आगलागीबाट १९ करोड बढीको क्षति

बाजुरा, २६ जेठ । बाजुराको बुढीगंगा नगरपालिका– ६, बाम्का बजारमा शुक्रबार दिउँसो लागेको भीषण आगलागीबाट १९ करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । बुढीगंगा नगर प्रमुख रामबहादुर बानियाँले हालसम्म १९ करोड ६ लाख ४० हजार ९सय ९९ रुपैयाँ बराबरको क्षतिको विवरण सङ्कलन भएको बताउनुभयो । आगोले २० वटा पसल पूर्ण रूपमा र [...] The post बाजुराको बाम्का बजार भएको आगलागीबाट १९ करोड बढीको क्षति appeared first on Jhapa Online.

Jun 9, 2025 - 07:20
 0
बाजुराको बाम्का बजार भएको आगलागीबाट १९ करोड बढीको क्षति

बाजुरा, २६ जेठ । बाजुराको बुढीगंगा नगरपालिका– ६, बाम्का बजारमा शुक्रबार दिउँसो लागेको भीषण आगलागीबाट १९ करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ ।

बुढीगंगा नगर प्रमुख रामबहादुर बानियाँले हालसम्म १९ करोड ६ लाख ४० हजार ९सय ९९ रुपैयाँ बराबरको क्षतिको विवरण सङ्कलन भएको बताउनुभयो । आगोले २० वटा पसल पूर्ण रूपमा र १४ पसल आंशिक रुपमा जलेका छन् ।

आगलागीपीडितका लागि सुदूरपश्चिम प्रदेश सरकारले ४० लाख रुपैयाँ दिने निर्णय गरेको छ भने बुढीनन्दा नगरपालिका र स्वामिकार्तिक गाउँपालिकाले एकरएक लाख, त्रिवेणी नगरपालिकाले १० लाख र बुढीगंगा नगरपालिकाले पाँच लाख सहयोग गर्ने निर्णय गरिसकेका छन् । यस्त, विभिन्न निकायबाट राहत सङ्कलनको कार्य भइरहेको छ ।

आगलागीबाट पिडित बनेकाहरूलाई राहत वितरणका लागि बुढीगङ्गा नगरपालिकाका प्रमुख रामबहादुर बानियाँको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ ।

The post बाजुराको बाम्का बजार भएको आगलागीबाट १९ करोड बढीको क्षति appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register