इजरायलमा इरानको आक्रमणमा परी थप चार जनाको मृत्यु

काठमाडौं । इजरायली आपत्‌कालीन सेवा मेगन डेभिड एडोम (एमडीए) ले तेल अभिभको दक्षिणमा रहेको बाट याम शहरको एक भवनमा इरानी आक्रमणमा चार जनाको मृत्यु भएको र १०० भन्दा बढी घाइते भएको बताएको छ । मृत्यु हुनेमा ६९ वर्षीया महिला, ८० वर्षीया महिला, १० वर्षीय बालक र एक बालिका रहेका छन् । इजरायली मिडियाका अनुसार उत्तरी […]

Jun 15, 2025 - 05:44
 0
इजरायलमा इरानको आक्रमणमा परी थप चार जनाको मृत्यु

काठमाडौं । इजरायली आपत्‌कालीन सेवा मेगन डेभिड एडोम (एमडीए) ले तेल अभिभको दक्षिणमा रहेको बाट याम शहरको एक भवनमा इरानी आक्रमणमा चार जनाको मृत्यु भएको र १०० भन्दा बढी घाइते भएको बताएको छ ।

मृत्यु हुनेमा ६९ वर्षीया महिला, ८० वर्षीया महिला, १० वर्षीय बालक र एक बालिका रहेका छन् ।

इजरायली मिडियाका अनुसार उत्तरी शहर ताम्रा र हाइफा नजिकैको आवासीय क्षेत्रमा पनि आक्रमण भएको थियो, जसमा दुवै ठाउँमा कम्तीमा पाँच जनाको मृत्यु भएको थियो ।

आइतबार इरानले पनि इजरायलमाथि आक्रमण गरेको थियो । इजरायलले इरानको आणविक कार्यक्रमसँग सम्बन्धित पूर्वाधारलाई पनि निशाना बनाएको दाबी गरेको छ ।

यसका साथै, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) ले इजरायललाई चेतावनी दिएको छ, “यदि इजरायलले आक्रमण जारी राख्यो भने, इरानले इजरायलमाथि अझ तीव्र गतिमा आक्रमण गर्नेछ ।” –बीबीसीबाट

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register