बागमतीमा बजेटको प्राथमिकता : कृषि क्षेत्रको आधुनिकीकरण

काठमाडौं । बागमती प्रदेश सरकारले कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरण तथा पर्यटन पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ । आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आइतबार प्रदेशसभामा बजेट प्रस्तुत गर्दै कृषि क्षेत्रको विकासका लागि प्रदेश सरकारले विभिन्न कार्यक्रम अघि सारेको बताए । ‘बजार र पूर्वाधारः सार्वजनिक–निजी–साझेदारी (पीपीपी) मोडलमा कृषि उपज बजार केन्द्र र आधुनिक बधशाला निर्माण […]

Jun 15, 2025 - 17:23
 0
बागमतीमा बजेटको प्राथमिकता : कृषि क्षेत्रको आधुनिकीकरण

काठमाडौं । बागमती प्रदेश सरकारले कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरण तथा पर्यटन पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आइतबार प्रदेशसभामा बजेट प्रस्तुत गर्दै कृषि क्षेत्रको विकासका लागि प्रदेश सरकारले विभिन्न कार्यक्रम अघि सारेको बताए ।

‘बजार र पूर्वाधारः सार्वजनिक–निजी–साझेदारी (पीपीपी) मोडलमा कृषि उपज बजार केन्द्र र आधुनिक बधशाला निर्माण गरिनेछ । कृषि तथा पशुपन्छी विकास र संस्कृति तथा पर्यटन मन्त्रालयका लागि महत्त्वपूर्ण रकम विनियोजन गरिएको छ,’ उनले भने ।

यस्तै सरकारले आगामी आर्थिक वर्षमा स्थानीय तहलाई अनुदान र कर बाँडफाँटबापत १४ अर्ब १५ करोड ८९ लाख हस्तान्तरण गर्ने भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register