३१औं पटक सगरमाथाको चुचुरोमा पुगे कामिरिता

काठमाडौं । विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३१औं पटक सगरमाथा आरोहण सफल गरेका छन् । सोलुखुम्बु थामेका ५५ वर्षीय शेर्पाले मङ्गलबार बिहान ४ः०० बजे सगरमाथाको शिखरमा पुगेर यसअघि आफैँले राखेको कीर्तिमान तोडेका हुन् । अघिल्लो वर्ष शेर्पाले २९ र ३०औं पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाएका थिए । पर्यटन विभागकाअनुसार आजदेखि सगरमाथा आरोहण सकिनेछ । […]

May 27, 2025 - 08:07
 0
३१औं पटक सगरमाथाको चुचुरोमा पुगे कामिरिता

काठमाडौं । विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३१औं पटक सगरमाथा आरोहण सफल गरेका छन् ।

सोलुखुम्बु थामेका ५५ वर्षीय शेर्पाले मङ्गलबार बिहान ४ः०० बजे सगरमाथाको शिखरमा पुगेर यसअघि आफैँले राखेको कीर्तिमान तोडेका हुन् ।

अघिल्लो वर्ष शेर्पाले २९ र ३०औं पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाएका थिए ।

पर्यटन विभागकाअनुसार आजदेखि सगरमाथा आरोहण सकिनेछ । यो ‘सिजन’मा ४६ आरोही समूहका ४५८ जनाले आरोहण अनुमति लिएका थिए । उनीहरुमध्ये करिब ५०० जनाले सगरमाथा आरोहण गरेको जनाइएको छ । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register